शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • बुढिगंगा निबासी केपी रेग्मीद्धारा अक्सिजन ब्यबस्थापनका लागि सहयोग

बुढिगंगा निबासी केपी रेग्मीद्धारा अक्सिजन ब्यबस्थापनका लागि सहयोग

  • बुधबार, जेष्ठ ५, २०७८
बुढिगंगा निबासी केपी रेग्मीद्धारा अक्सिजन ब्यबस्थापनका लागि सहयोग

बाजुरा — बुढिगंगा नगरपालिकाका युवा केपी रेग्मीले जिल्ला अस्पताल बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि २ हजार रुपैया सहयोग गरेका छन ।
रेग्मीले कोबिट १९ को प्रभाव संगै धेरै कोरोना संक्रमितलाई अक्सिजनको आबस्यक पर्ने र सोको अभाव बाजुराले झेलेको भन्दै जिल्लाका सामाजिक अभियान्ताको अभियानमा अक्सिजन ब्यबस्थापनका लागि आर्थिक सहयोग गरेका हुन ।
कोरोना संक्रमणपछि धेरैलाई अक्सिजनको आबस्यकता रहेको भन्दै सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ता तथा ब्यापारीहरु यति बेला अक्सिजन किन्न अभियान संचालन गरे संगै रेग्मीले पनि सहयोग गरेको अभियान्ता प्रकाश सिहंले बताएका छन ।
कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि अक्सिजन सिलिण्डर खरिद गर्न सहयोग सबैको सहयोगका लागि रेग्मीले अपिल समेत गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार