मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • समाचार
  • डाक्टर साउद र उहाँकि धर्मपत्नीले अक्सिजन ब्यबस्थापनका लागि आर्थिक सहयोग

डाक्टर साउद र उहाँकि धर्मपत्नीले अक्सिजन ब्यबस्थापनका लागि आर्थिक सहयोग

  • बुधबार, जेष्ठ ५, २०७८
डाक्टर साउद र उहाँकि धर्मपत्नीले अक्सिजन ब्यबस्थापनका लागि आर्थिक सहयोग

बाजुरा–जिल्ला अस्पताल बाजुरामा कार्यरत डा. शेर बहादुर साउद र उनकि श्रीमति गंगा देउवाले अस्पताल बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि ११ हजार १ सय ११ सहयोग गरेका छन् । अस्पताल बाजुरामै कार्यरत डाक्टर साउदले अस्पतालमा अक्सिजन अभाबमा बिरामी तड्पिरहेको देखिरहँदा आफुहरुले सहयोग गरेको वताएका छन् ।
डा. साउदको श्रीमति गंगा देउवा स्टाफ नर्स हुन् । उनि डडेल्धुरा अस्पतालमा सेवा गरिरहेकी छन् । अक्सिजन नपाएर मृत्युुबरण गरिरहेका देखिरहेका छौ, हाम्रो सानो सहयोगले कसैको ज्यान बाच्न सक्छ, संकटको बेला नै हो । सहयोग गनु सामाजिक दायित्व भएको साउदले वताए । कोरोना संक्रमणपछि धेरैलाई अक्सिजनको आबश्यकता रहेको भन्दै सदरमुकाम मार्तडीमा अक्सिजन ब्यबस्थापन गर्नका लागि सहयोग अभियान संचालन गरेका छन् ।
डा. साउदले अहिले अस्पताल बाजुरामा कोरोना बिरामीको उपचारमा खटिरहेका छन् । उनले बिरामीको उपचार मात्र नभई बिरामीलाई अक्सिजन ब्यबस्थापनका लागि आर्थिक सहयोग गर्नुले डाक्टर साउद प्रति निकै सामाजिक भावना भएको सामाजिक अभियान्ता चक्र मल्लले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार