मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • समाज
  • जिल्ला हुलाक कार्यालय प्रमुख सुनारले अक्सिजन ब्यबस्थापनका लागि ५ हजार सहयोग

जिल्ला हुलाक कार्यालय प्रमुख सुनारले अक्सिजन ब्यबस्थापनका लागि ५ हजार सहयोग

  • बुधबार, जेष्ठ ५, २०७८
जिल्ला हुलाक कार्यालय प्रमुख सुनारले अक्सिजन ब्यबस्थापनका लागि ५ हजार सहयोग

बाजुरा — जिल्ला हुलाक कार्यालय बाजुराका प्रमुख जंगबिर सुनारले जिल्ला अस्पताल बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि ५ हजार रुपैँया सहयोग गरेका छन ।
डाक्टर बिश्वकर्माले कोभिड १९ को प्रभाव संगै कोरोना संक्रमितलाई अक्सिजनको आबस्यक पर्ने र सोको अभाव बाजुराले झेलेको अबस्थामा आफ्नै जिल्लाका नागरिकहरुको साश जोगाउन सानो सहयोग गरेको कार्यालय प्रमुख सुनारले बताएका छन । जिल्लाका सामाजिक अभियान्ताको अभियान अन्तरगत अक्सिजन ब्यबस्थापनका लागि सानो सहयोग गरेको सुनारले बताएका छन ।
कोरोना संक्रमणपछि धेरैलाई अक्सिजनको आबस्यकता रहेको भन्दै सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ताहरु यति बेला अक्सिजन ब्यबस्थापनका लागि अभियान संचालन गरे संगै जिल्ला हुलाक कार्यालय बाजुराका कार्यालय प्रमुख सुनारले पनि सहयोग गरेको सामाजिक अभियान्ता तथा पत्रकार प्रकाश सिहंले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार