• होमपेज
  • बडिमालिका
  • एशियन लाईफ इन्सरेन्स डोटीका प्रबन्धक पण्डितले अक्सिजन ब्यबस्थापनका लागि ५ हजार सहयोग

एशियन लाईफ इन्सरेन्स डोटीका प्रबन्धक पण्डितले अक्सिजन ब्यबस्थापनका लागि ५ हजार सहयोग

  • बुधबार, जेष्ठ ५, २०७८
एशियन लाईफ इन्सरेन्स डोटीका प्रबन्धक पण्डितले अक्सिजन ब्यबस्थापनका लागि ५ हजार सहयोग

बाजुरा — एशियन लाईफ इन्सरेन्स डोटी शाखाका प्रबन्धक तथा बाजुरा बडिमालिका नगरपालिका वडा न २ जुगाडा निबासी नवराज पण्डितले जिल्ला अस्पताल बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि ५ हजार १५ सय रुपैँया सहयोग गरेका छन ।
पण्डितले कोभिड १९ को प्रभाव संगै धेरै कोरोना संक्रमितलाई अक्सिजनको आबस्यक पर्ने र सोको अभाव बाजुराले झेलेको कर्मथलो जहा भए पनि जन्मथलोका नागरिकहरुको साश बचाउन सानो सहयोग गरेको बताएका छन । जिल्लाका सामाजिक अभियान्ताको अभियान अन्तरगत अक्सिजन ब्यबस्थापनका लागि आर्थिक सहयोग संकलन गरिरहेका बेला मेरो सहयोगले कसैको एक मुठी साश किन्न आफुले पनी सो अभियानमा साथ दिएको पण्डितले बताएका छन ।
कोरोना संक्रमणपछि धेरैलाई अक्सिजनको आबस्यकता रहेको भन्दै सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ता तथा ब्यापारीहरु यति बेला अक्सिजन ब्यबस्थापनका लागि अभियान संचालन गरे संगै पण्डितले पनि सहयोग गरेको सामाजिक अभियान्ता तथा पत्रकार प्रकाश सिहंले बताएका छन ।
जन्मथलोको नागरिकहरुका लागि थोरै भए पनि कर्मथलोमा रहेका नागरिहरुले सहयोग गर्न प्रबन्धक पण्डितले अनुरोध समेत गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार