बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • आइडिएस नेपालद्धारा समुदायमा मास्क बितरण

आइडिएस नेपालद्धारा समुदायमा मास्क बितरण

  • बुधबार, जेष्ठ ५, २०७८
आइडिएस नेपालद्धारा समुदायमा मास्क बितरण

बाजुरा —बुढिगगा  नगरपालिकमा आइडिएस नेपाल र बिश्व खाद्य कार्यक्रमद्धारा मास्क बितरणका साथै हात धुने बिधीका बारेमा सिकाएकाे छ । सचेत बनौ र सचेत बनाऔं भन्ने अभियानका साथ बुढिगंगा नगरपालिकामा रहेका केही समुदायमा आइडिएस नेपाल र बिश्व खाद्य कार्यक्रमको जनहित मा जारि सन्देश सँगै सचेतना फैलाउने काम भएको सामाजिक परिचाल माया बिष्टले वताएका छन् । मास्क बितरण सँगै सामाजिक दुरि कायम गरौ, साबुन पानीले हात धोऔँ मास्कको प्रयोग गरौं, अनाबश्यक रुपमा भिडभाड नगरौ जस्ता सन्देश आइडिस नेपालले बाजुरामा “सचेत बनौ, सचेत बनाऔं ” अभियान चलाइ उनले वताइन् ।

घर घरमा पुुगेर घर बाहिर ननिस्कौं र घर बाहिर निस्किनै परे मास्क र सेनिटाइजरको अनिवार्य प्रयोग गरौं भन्ने जानकारि गरिरहेको बिष्टले वताइन् । आइडिएस नेपालले बाजुराका ९ वटा स्थानिय तह, सरकारी तथा गैर सरकारी कार्यलय, स्वास्थ्यकर्मी, नागरिक समाजले चेतना फैलाउने काममा लागि परेका र साेही बमाेजिम आइडिएस नेपाल र बिश्व खाद्य कार्यक्रमले पनि अभियान संचालन गरेकाे आइडिएस नेपाल जिल्ला संयाेजक प्रेम  खनालले बताएका छन् । कोरोना बाट बच्न साबुन पानिले हात धुन सरसफाईमा ध्यान दिन सामाजिक दुरी कायम गर्न घर घरमा पुुगेर चेतना फैलाइरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार