बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • दुुर्गम गाउँमै पुगेर कोरोना संक्रमितको उपचार तथा परामर्श दिदै डा. जस्मिता बलमपाकी

दुुर्गम गाउँमै पुगेर कोरोना संक्रमितको उपचार तथा परामर्श दिदै डा. जस्मिता बलमपाकी

  • बुधबार, जेष्ठ ५, २०७८
दुुर्गम गाउँमै पुगेर कोरोना संक्रमितको उपचार तथा परामर्श दिदै डा. जस्मिता बलमपाकी

बाजुरा–बाजुराको जगन्नाथ गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढदै गएपछि गाउँपालिकाले चिकित्सक सहित गाउँमै पुुगेर संक्रमितलाई भेटेर उपचार तथा परामर्श सेवा शुरु गरेको छ । गाउँपालिका कार्यरत डा. जस्मिता बलमपाकीले होमआइसोलेसनमा बसेका कोरोना संक्रमितलाई भेटर स्वास्थ्य अबस्था साथै उपचार रपरामर्श सेवा दिइरहेको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत बिनोद गैरेले वताएका छन् ।
गाउँपालिकाको वडा नम्बर ३ मनिकाडाँ गाउँमा पुुगेर चिकित्सक बलमपाकीको सहितको टोलीले संक्रमितलाई उपचार तथा परामर्श दिएको छ । मनिकाँडा गाउँमा २० जना कोरोना संक्रमित रहेका छन् । सबै संक्रमित होम आइसोलेसनमा बसिरहेका छन्, गाउँपालिका बाट डाक्टर सहितको टिम आएर बिरामीको अबस्था सँगै उपचार र परामर्श गरेको वडा अध्यक्ष डम्बर बहादुर शाहीले वताएका छन् ।
मनिकाँडा गाउँमा कोरोना संक्रमित भेटिएपछि गाउँलाई बैशाख १२ गते सम्मपुुणर् रुपमा शिल गरेको वडा अध्यक्ष शाहिले वताएका छन् । डा. जस्मिता बलमपाकी मनिकाँडा पुगेर औषधि बितरण र परामर्श दिएको एक संक्रमितले वताएका छन् । आफुहरु होम आइसोलेसनमा बसिरहेका थियौ, गाउँमै डाक्टर आएर आफुहरुको अबस्था बुझेर उपचार समेत गरेको संक्रतिमले वताए ।
जगन्नाथ गाउँपालिकाले दोस्रो लहरको कोभिड बढन नदिन र नियन्त्रणका लागि स्वास्थ्यकर्मीलाई गाउँ गाउँमा परिचालन गरेको छ । गाउँपालिको कार्यलय जुुठ्ठिमा कोभिड बिरामीको उपचार गर्ने कोभिड अस्पताल स्थापना गरि चिकित्स सहित ब्यबस्थापन गरेको गाउँपालिका अध्यक्ष कालि बहादुर शाहिले वताएका छन् । अफ्ठयारो परेका संक्रमित अस्पताल आउने गरेका छन्, सामान्य लक्षण भएका होम आइसोलेन बस्ने गरेका छन्, चिकित्सकको बिरामीको निगरानि गरिरहेको अध्यक्ष शाहिले वताए ।
डा. जस्मिता बलमपाकीले भनिन्, कोभिडका बिरामीलाई फोन बाट पनि परामर्श दिइरहेकि छु, समय मिलाएर गाउँमै भेटेर उपचार तथा परामर्श दिने गरेको वताईन् ।  उपचार मात्र नभई गाउँमा पुगेर कोभिडको बारे जानकारी बच्ने उपाँय बारे स्वास्थ्य शिक्षा दिइरहेको चिकित्सक सँगै स्वास्थ्य संयाेजक रबिन्द्र शाहिले वताए ।
डा. जस्मिता बलमपाकी दुुर्गम गाउँमा सेवा दिन पुुगेपछि दुुर्गम गाँउपालिका जगन्नाथको जुठ्ठिमा महिला चिकित्सकको सेवा प्रभाबकारी समेत बन्दै आएको छ । बर्षौदेखी रोग पालिरहेका बिरामीले अहिले उपचार सेवा पाईरहेका एचए सुरेन्द्र बहादुर शाहीले वताएका छन् ।
डा. जस्मिता बलमपाकी अहिले दुुर्गमका बिरामीको सेवा दिनमा ब्यस्त छिन् । दुुर्गममा चिकित्सक नबस्ने समचार आइरहँदा बलमपाकी भने बाजुराको दुुर्गम जगन्नाथ गाँउपालिकामा पुुगेर सेवा दिइरहेकि छन् । अर्को उनि महिला चिकित्सक हुुन्,। दैनिक उनि ४० जना भन्दा बढि बिरामीको उपचार गरिरहेको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिनोद गैरेले वताएका छन् ।
दुुर्गममा चिकित्सक नआउने समस्या त छदै छ, अझ महिला चिकित्सक आउनुुले पनि जस्मितामा बिरामीको सेवा गर्ने भाबना रहेको पाईएको गाँउपालिकाले वताएको छ । जस्मिताले भन्छन्, म पैसा भन्दा पनि सेवा गर्नुुपर्छ भन्ने भावनाले दुुर्गममा सेवा दिन आएको वताउँछन् । महिला चिकित्सक दुुर्गममा सेवा दिन पुुग्दा बर्षौदेखी रोग लुुकाउदै आएका महिलाहरुले पहिलो पटक खुुलेर उपचार गर्न पाएका छन् ।
उपचार सँगै बिरामीलाई परामर्श दिदा सेवा नै प्रभाबकारी हुुने हुुँदा पनि अहिले सम्म आउने बिरामी सबै सन्तृष्ट भएर जाने गरेको जस्मिताले वताईन् । धेरै बिरामी सञ्चो भएर खुुशी भएर जान्छन्, त्यहि नै मेरो कमाइ र सम्पत्ति भएको बताउँछन् । जस्मिता जगन्नाथ गाँउपालिकाले दिएको तलब भत्ता भन्दा राम्रो उनि शहरबजारमा अस्पतामा काम गरेर कमाउन सक्छन् । तर आफ्नो पहिलो एउटै लक्ष्य थियो, दुुर्गममा आर्थिक अभाबमा सेवा नपाएका बिरामीको उपचारका लागि पुग्नु थियो, त्यहि अनुसार पहिलो रोजाई जगन्नाथ बनेको वताईन् ।

चर्चामा

सम्बन्धित समाचार