शनिबार, कार्तिक ३, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • कहिले पाउछन् कैलासबासीले उज्यालो

कहिले पाउछन् कैलासबासीले उज्यालो

  • बुधबार, जेष्ठ ५, २०७८
कहिले पाउछन् कैलासबासीले उज्यालो

अर्थ जङ्ग शाही/बझाङ्ग — करिब दुई तीन महिना भईसक्यो घरघरमा बिजुलीको तार वाईरिङ्ग गरेको छ तर बिजुली बाल्न पाएका छैनन। बत्ती आज आउला, भोली आउला भनेर बसेका ,कैलासबासीकाे सपना सपनामै सिमित रहेकाे छ। वाईरिङ्गको सबै काम भएपनि घर घरमा मिटर जडान नगरेको भएर कैलासीबासी अध्यारोमा बस्न बाध्य भएका छन्।

यस बिषयमा बिधुतिय क्षेत्रका मान्छेहरुले कुनै पनि चाँसो नदेखाएको कैलास पिमीका एक स्थानिय प्रकास खड्काले बताएका छन्। सदरमुकाम चैनपुर देखी करिब १३ किलोमिटरमा रहेको कैलास पिमीमा अहिले सम्म बिजुली नपुगेका कारण कैलाशबासी अध्याराेमा बस्न बाध्य भएका छन।

सदरमुकाममा विद्युतकाे केन्द्रीय लाइन बिस्तार भएकाे भए पनी कैलाश सम्म जनताकाे पहुच नपुग्दा अध्याराेमै बस्न बाध्य भएकाे स्थानीयले बताएका छन । थाेरै नजिकै बजारमा बलेकाे बिजुली देखेर बर्षाै बित्याे तर यहा बिजुली कहिले अाउने हाे अत्ताे पत्ताे नभएकाे स्थानियले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार