• होमपेज
  • समाज
  • NHEDF र नमिता शाहले बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि ५० हजार सहयोग

NHEDF र नमिता शाहले बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि ५० हजार सहयोग

  • बुधबार, जेष्ठ ५, २०७८
NHEDF र नमिता शाहले बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि ५० हजार सहयोग

बाजुरा–Nepal Healthcare Equipemnt Development Foundation ले २५ हजार र काठमाडौ निवासी नमिता शाहले २५ हजार गरि ५० हजार सहयोग गरेका छन् । बाजुरा जस्तो बिकट जिल्लामा अक्सिजन अभाबमा बिरामी तड्पिरहेको खबर पाएपछि आफुहरुले सहयोग गरेको NHEDF संस्थाका अध्यक्ष सम्राट सिं बस्नेतले वताएका छन् ।
बस्नेतले भने हाम्रो सानो सहयोगले कसैको ज्यान बाच्न सक्छ, संकटको बेला नै हो सहयोग गर्ने सामाजिक दायित्व भएका वताए । कोरोना संक्रमणपछि धेरैलाई अक्सिजनको आबश्यकता रहेको भन्दै सदरमुकाम मार्तडीमा अक्सिजन ब्यबस्थापन गर्नका लागि सहयोग अभियान संचालन गरेका छन् ।
कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि अक्सिजन सिलिण्डर खरिद गरी जिल्ला अस्पताल बाजुरालाई सहयोग गर्ने अभियान्ता प्रकाश सिंहले बताएका छन । उक्त अभियानमा धेरैले सहयोग गरिरहेको उनले वताएका छन् । NHEDF ले लामो समय देखी सामाजिक सेवामा काम गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार