• होमपेज
  • समाचार
  • जयपृथ्वी नगरपालिका कोरोना महामारीको हटस्पट बन्दै

जयपृथ्वी नगरपालिका कोरोना महामारीको हटस्पट बन्दै

  • बुधबार, जेष्ठ ५, २०७८
जयपृथ्वी नगरपालिका कोरोना महामारीको हटस्पट बन्दै

अर्थ जङ्ग शाही/ बझाङ्ग — बझाङ । जयपृथ्वी नगरपालिका कोरोना महामारीको हटस्पट बनेकाे छ । पछिल्लो समयमा जिल्लाको तथ्याङ्क हेर्दा जयपृथ्वी नगरपालिकामा सवैभन्दा बढी संक्रमितहरु रहेका छन् । अहिलेसम्म स्वास्थ्य कार्यालयले जारी गरेको रिर्पाेट अनुसार जयपृथ्वी नगरपालिकामा संक्रमण हुनेहरुको संख्या ३३८ पुगेको छ । नगरपालिकामा मंगलबार मात्र ११ जना संक्रमित फेला परका छन् । मंगलबार गरिएको परिक्षणमा १० जनाको पिसिआर रिर्पाेट पोजेटिभ आएको छ भने १ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा रिर्पाेट पोजेटिभ आएको जनाएकाे छ ।
यस्तै जयपृथ्वी नगरपालिका भित्र वडा नं. १ मा ४ जना, वडा नं. ३ मा १२ जना, वडा न. ४ मा ९ जना, वडा नं. ५ मा १२ जना, वडा नं ६ मा ११ जना संक्रमित रहेका छन् ।

यस्तै वडा नं. ७ मा ४१ जना, वडा नं. ८ मा २१ जना, वडा नं. ९ मा ४९ जना रहका छन । वडा नं. १० मा सवैभन्दा धेरै ६४ जना र वडा नं. ११ मा ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । अहिलेसम्म जयपृथ्वी नगरपालिका भित्र वडा नं. ३, ८, ९ र १० का एक एक जनाको ज्यान गएको छ ।
सदरमुकाम चैनपुर सवैको केन्द्र भएको र सवैभन्दा वढी आवत जावत हुने भएका कारण नगरपालिकामा सवैभन्दा धेरैमा कोरोना पोजेटिभ देखिने गरेको स्वास्थ्य कार्यालय बझाङका सुचना अधिकारी नारायण जोशीले बताएका छन । समग्रमा जिल्ला सदरमुकाम चैनपुरमा डिसिसिएमसीले पनि निशेधाज्ञा रेको भएपनि निषेधाज्ञामा कडाई नहुँदा संक्रमणको वृद्धीदरलाई रोक्न नसकिएको उनको भनाई छ । यद्यपी हिजो सोमबारबाट थप गरिएको निषेधाज्ञालाई पहिलेको तुलनमा कडाई गरेको खण्डमा कोरोनाको वृद्धीदरलाई कम गर्न सहयोग पुग्ने सुचना अधिकारी जोशीले बताए ।
यता प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले सदरमुकाम चैनपुरमा कोरोनाको महामारीले खतराको संकेत पार गरेकोबताएका छन । शसस्त्र प्रहरी, नेपाल प्रहरी लगाएत सुरक्षा निकायलाई परिचालन गरेको भए पनि स्थानिय आफैले नमान्ने गरेको प्रजिअ अधिकारीले बताए । बाहिरी जिल्लाबाट भित्रने तथा अन्य देशबाट स्वदेश आएकाहरुले सिधै समदायमा घुलमिल हुने गर्नाले पनि कोरोनाले भयाबह स्थिती लिएको छ । जिल्लाभन्दा बाहिरबाट आएका अनिवार्य रुपमा क्वारेन्टाइनमा वस्ने निर्णय गरेको भएपनी त्यसलाई कार्यन्वयन गर्न स्नानिय तहका जनप्रतिनिधी नै चुकेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए ।

चर्चामा

सम्बन्धित समाचार