• होमपेज
  • समाज
  • आरसी मेडिकलका संचालक यादवद्धारा अक्सिजन ब्यबस्थापनका लागि १५ हजार सहयोग

आरसी मेडिकलका संचालक यादवद्धारा अक्सिजन ब्यबस्थापनका लागि १५ हजार सहयोग

  • मङ्लबार, जेष्ठ ४, २०७८
आरसी मेडिकलका संचालक यादवद्धारा अक्सिजन ब्यबस्थापनका लागि १५ हजार सहयोग

बाजुरा — जिल्ला सदरमुकाम मार्तडीमा रहेको आरसी मेडीकलका संचालक रामचन्द यादवले जिल्ला अस्पताल बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि १५ हजार ५ सय ५५ रुपैया सहयोग गरेका छन ।
यादवले कोबिट १९ को प्रभाव संगै धेरै कोरोना संक्रमितलाई अक्सिजनको आबस्यक पर्ने भन्दै जिल्लाका सामाजिक अभियान्ताको अभियानमा अक्सिजन ब्यबस्थापनका लागि आर्थिक सहयोग गरेका हुन ।
कोरोना संक्रमणपछि धेरैलाई अक्सिजनको आबस्यकता रहेको भन्दै सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ता तथा व्यापारीले यति बेला अक्सिजन किन्न अभियान संचालन गरे संगै यादवले पनि सहयोग गरेको बताएका छन ।
कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि अक्सिजन सिलिण्डर खरिद गर्न सहयोग गरीएको यादवले बताए । लामो समयदेखी स्वास्थ्य क्षेत्रमा काम गरेका यादवले जिल्लामा अक्सिजनको अभावमा सहयोगी हातहरु लम्केको देख्दा खुसी लागेको र यस अभियानमा आफुले सहयोग गर्न पाएकोमा खुसी लागेको बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार