मङ्लबार, अशोज १५, २०८१
  • होमपेज
  • समाज
  • जापानबाट अभियान्ता हेमा गुरुङले बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि १५ हजार सहयोग

जापानबाट अभियान्ता हेमा गुरुङले बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि १५ हजार सहयोग

  • मङ्लबार, जेष्ठ ४, २०७८
जापानबाट अभियान्ता हेमा गुरुङले बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि १५ हजार सहयोग

बाजुरा — नेपाल घर भइ हाल जापान कर्मथलो बनाएकी सामाजिक अभियान्ता हेमा गुरुङले बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि १५ हजार सहयोग गरेकी छन ।
कोबिट १९ को प्रभाव संगै धेरै कोरोना संक्रमितलाई अक्सिजनको आबस्यक पर्ने भन्दै जिल्लाका सामाजिक अभियान्ताको अभियानमा अक्सिजन ब्यबस्थापनका लागि १० हजार सहयोग सामाजिक अभियान्ता गुरुङले बताएकी छन ।
कोरोना संक्रमणपछि धेरैलाई अक्सिजनको आबस्यकता रहेको भन्दै सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ता तथा ब्यापारीहरु यति बेला अक्सिजन किन्न अभियान संचालन गरे संगै सामाजिक अभियान्ता हेमा गुरुङले पनि सहयोग गरेको सामाजिक अभियान्ता तथा पत्रकार प्रकाश सिहंले बताएका छन ।
कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि अक्सिजन सिलिण्डर खरिद गर्न सहयोग गरीएको सामाजिक अभियान्ता गुरुङको भनाइ रहेको छ । सामाजिक अभियान्ता गुरुङले सहयोगी भावना भएका सबैलाई यस अभियानमा सामेल हुन आग्रह गरेकी छन ।

चर्चामा

सम्बन्धित समाचार