• होमपेज
  • समाज
  • जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर जोशीद्धारा अक्सिजन ब्यबस्थापनका लागि १० हजार सहयोग

जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर जोशीद्धारा अक्सिजन ब्यबस्थापनका लागि १० हजार सहयोग

  • मङ्लबार, जेष्ठ ४, २०७८
जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर जोशीद्धारा अक्सिजन ब्यबस्थापनका लागि १० हजार सहयोग

बाजुरा — जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर प्रकाश जोशीले जिल्ला अस्पताल बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि १० हजार सहयोग गरेका छन ।
कोबिट १९ को प्रभाव संगै धेरै कोरोना संक्रमितलाई अक्सिजनको आबस्यक पर्ने भन्दै जिल्लाका सामाजिक अभियान्ताको अभियानमा अक्सिजन ब्यबस्थापनका लागि १० हजार सहयोग गरेका हुन ।
कोरोना संक्रमणपछि धेरैलाई अक्सिजनको आबस्यकता रहेको भन्दै सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ता तथा ब्यापारीहरु यति बेला अक्सिजन किन्न अभियान संचालन गरे संगै डाक्टर जोशीले पनि सहयोग गरेको बताएका छन ।
कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि अक्सिजन सिलिण्डर खरिद गर्न सहयोग गरीएको डाक्टर जोशीले बताए । डाक्टर जोशीले सहयोगी भावना भएका सबैलाई यस अभियानमा सामेल हुन आग्रह गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार