• होमपेज
  • समाचार
  • बझाङकाे देउरा बजारमा माक्सको कालोबजारी सर्जिकल माक्सको मूल्य २० रुपैँया

बझाङकाे देउरा बजारमा माक्सको कालोबजारी सर्जिकल माक्सको मूल्य २० रुपैँया

  • मङ्लबार, जेष्ठ ४, २०७८
बझाङकाे देउरा बजारमा माक्सको कालोबजारी सर्जिकल माक्सको मूल्य २० रुपैँया

अर्थ जङ्ग शाही/ बझाङ्ग — बझाङमा माक्सको कालो बजारी बढ्न थालेको छ । सर्जिकल माक्सको होलसेल रेट ३ रुपैयाँ पर्ने माक्सको यता बझाङको देउरा बजारमा भने खुर्दा मुल्यमा २० रुपैयाँमा बेच्ने गरेको स्थानीय मनिश जङ्ग छेत्रीले बताएका छन् । माक्समा समेत कालोबजारी हुन थालेपछी स्थानीय मर्कामा परेका छन।
यस बारेमा भने प्रशासनले कुनै चासो नदिएकाे स्थानीयले बताएका छन । महामारीकै बेला यस्ताे गर्ने ब्यपारीहरूकाे पशलमा सिल लगाएर घर पठाउनु पर्ने स्थानीयकाे भनाइ रहेकाे छ । केही समय अगाडी १० रूपैयमा पाउने माक्सकाे यतिबेला देउरा बजारमा २० रूपैयामा बिक्री हुन थालेकाेमा स्थानियले बिमती जनाएका छन । यस बिषयमा प्रशासनले तत्काल छानबिन गरी कार्बाही गर्नुपर्ने नागरिक अगुवाकाे भनाइ रहेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार