बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका ७ चुथिमा स्वास्थ्य शिबिर संचालन

बडिमालिका ७ चुथिमा स्वास्थ्य शिबिर संचालन

  • सोमवार, जेष्ठ ३, २०७८
बडिमालिका ७ चुथिमा स्वास्थ्य शिबिर संचालन

बाजुरा — बडिमालिका नगरपालिका वडा न ७ को आयोजनामा गाउँमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि अभियान संचालन गरिएको छ । बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न गाउँ गाउँमा जनचेतना मुलक अभियान संचालन गर्नुका साथै शिबिर समेत संचालन गरिएको बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन । विश्वभर कोरोनाले आक्रान्त भईरहेको जसको प्रभाव बाजुरामा परेको हुदाँ अस्पताल कोरोनाका विरामिले भरिएकाे अबस्थामा गाउँमै सेवा दिने उदेश्यका साथ शिबिर संचालन गरिएकाे वडाअध्यक्ष पाध्यायले बताए ।
सामान्य विरामी वा दिर्घरोगिहरुले अस्पतालमा उपचार पाउन नसकेको अवस्थालई मध्यनजर गरी चुथी स्वास्थ्य चौकीको आयोजनामा र वडा कार्यालयको समन्वयमा स्वास्थ्य शिबिरको आयोजना समेत गरेको चुथी स्वास्थ्य चौकी इन्चार्ज काशिचन्द पाध्यायले बताएका छन ।
गाउँमा विरामि भएर अस्पताल जान नपाएका विरामि दिर्घरोगिको उपचार गर्न तथा कोभिट-१९ (कोरोना) महामारी नियन्त्रण गर्ने जनचेतना जगाउन चुथि स्वास्थ्य चौकिको प्राविधिक सहयोगमा महामारी नियन्त्रण सचेतना स्वास्थ शिविरको आयोजना गरिएको वडा अध्यक्ष पाध्यायले बताएका छन ।
चुथि स्वास्थ्य चौकीमा संचालन गरिएको स्वास्थ्य शिबिरमा १ सय ८२ जनाको उपचार गरेको चुथि स्वास्थ्य चौकी इन्र्चाज काशीचन्द पाध्यायले बताए ।
वडाअध्यक्षको पहल र वडा कार्यालयको आयोजनामा गाउँमा माक्स वितरण तथा विपन्न परिवारलाई कपडा बैंक संस्थापक राधेश्याम खड्काको सहयोगमा कपडा वितरण गरिएको वडाअध्यक्ष पाध्यायले बताएका छन । राधेश्याम खड्काको सहयोगमा गरिएको कपडा वडाका ३८ जना बिपन्न परिवारलाई बितरण गरिएको वडा अध्यक्ष पाध्यायले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार