बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बडिमालिका
  • वडा स्तरिय बालअधिकार मन्चको बैठक रजालिमा सम्पन्न

वडा स्तरिय बालअधिकार मन्चको बैठक रजालिमा सम्पन्न

  • सोमवार, जेष्ठ ३, २०७८
वडा स्तरिय बालअधिकार मन्चको बैठक रजालिमा सम्पन्न

बाजुरा — बडिमालिका नगरपालिका वडा नम्वर ३ रजालीमा वडा स्तरिय बालअधिकार मन्चको बैठक सम्पन्न भएको छ । आज एक औपचारिक कार्यक्रमका विच विभिन्न निर्णय गरि बैठक सम्पन्न भएको बालअधिकार मन्चले जनाएको छ ।
बैठकमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि लकडाउनको समयमा पनि बालबालिकाहरुको पढाई लेखाई लाई निरन्तरता दिनको लागि बाल अधिकार मन्चका सदस्य भएका प्रत्येक टोलका सदस्यहरुले सहजिकरण गर्ने , समाजमा हरेक समयमा बालबालिकामाथि हुने घटना तथा समस्याहरुलाई नियन्त्रण गर्नको लागि ३ हजार बरावरको बाल सहायता कोष स्थापना गरिएको मन्चका अध्यक्ष गणेष विकले बताएका छन ।

त्यस्तै यो लकडाउनको समयमा बालबालिकाहरुको सृजनात्मक कलाको क्षेमता बृधि गर्नको लागि लकडाउनको समय सकिय पछि सृजनात्मक कलाको आयोजना राखेर उत्कृष्ट आउने बालबालिकालाई बालअधिकार मन्चको तर्फबाट पुरुषकारको व्यवस्था गरिने बताएको छ भने बालबालिकालाई मध्यपान तथा, धुम्रपान लगाएतका सामानहरु किनमेल नगर्नकालागि वडा कार्यलयलाई ध्यानआकर्षण पत्र बुझाईने बताएको छ ।

सो बैठक वडा स्तरिय बालअधिकार मन्चका अध्यक्ष गणेष विकको अध्यक्षतामा संचालन भएको कार्यक्रमको संचालन मन्चका सचिव सुरेन्द्र चदाराले गरेका थिए  ।

चर्चामा

सम्बन्धित समाचार