बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • कोरोना भाइरसबाट १४५ जनाको मृत्यु, ७,३६८ जनामा संक्रमण

कोरोना भाइरसबाट १४५ जनाको मृत्यु, ७,३६८ जनामा संक्रमण

  • आइतवार, जेष्ठ २, २०७८
कोरोना भाइरसबाट १४५ जनाको मृत्यु, ७,३६८ जनामा संक्रमण

काठमाडौं — कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ । त्यस्तै ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१९ हजार पाँच सय ३९ पीसीआर परीक्षणमा सात हजार ३१६ र ३४४ एन्टिजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या एक लाख १० हजार १६३ जना रहेका छन् । जसमध्ये सात हजार ८०८ जना संस्थागत आइसोलेसनमा र एक लाख दुई हजार ४५५ जना होम आइसोलेसनमा रहेका छन् ।

होम आइसोलेसनमा एक लाख जना

नेपालमा कोरोना भाइरस संक्रमण भई होम आइसोलेसनमा बस्नेको संख्या एक लाख नाघेको छ । मन्त्रालयका अनुसार आइतबार होम आइसोलेसनमा रहनेको संख्या एक लाख एक हजार ७७१ रहेको छ । जसमध्ये सबैभन्दा धेरै वाग्मती प्रदेशमा ४८ हजार ८९३ जना र लुम्बिनी प्रदेशमा २१ हजार ४२७ जना रहेका छन् ।

त्यस्तै प्रदेश १ मा आठ हजार ५७१, गण्डकीमा सात हजार ५४२, प्रदेश २ मा पाँच हजार ९१०, सुदूरपश्चिममा पाँच हजार ७४३ र कर्णाली प्रदेशमा तीन हजार ६८५ जना होम आइसोलेसनमा रहेका मन्त्रालयले जनाएको हो । आइतबार संस्थागत आइसोलेसनमा सात हजार ९६९ जना रहेका छन् । जसमध्ये एक हजार ३३१ जना आईसीयूमा र ३७० जना भेन्टिलेटरमा उपचाररत छन् ।

काठमाडौं उपत्यकामा संस्थागत आइसोलेसनमा एक हजार ९८६ जना संस्थागत आइसोलेसनमा छन्, जसमध्ये २७७ जना आईसीयूमा र १२९ जना भेन्टिलेटरमा छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

सबैभन्दा धेरै काठमाडौंमा १ हजार ८८१, कैलालीमा ५२७, ललितपुरमा ४३६, रूपन्देहीमा ४०३, मोरङमा ३५२, दाङमा ३१९ र भक्तपुरमा २९२ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै काभ्रेपलाञ्चोकमा २५५, चितवनमा २५१, सुर्खेतमा २१५, झापामा २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कास्कीमा १७०, बाँकेमा १६०, सप्तरीमा १५३, धनुषामा १४२, महोत्तरीमा १११, सल्‍यानमा ९३, सुनसरीमा ९१, सिन्धुपाल्चोकमा ८५ र पाल्पामा ७७ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै सिन्धुलीमा ६३, पर्सामा ५७, नुवाकोट र नवलपरासी पश्‍चिममा ५५/५५ जना, गुल्मीमा ५४, सिरहा र रसुवामा ५३/५३ जना, बैतडीमा ५२, धादिङमा ५१, बर्दियामा ४३, रौतहटमा ४२, अर्घाखाँचीमा ४०, जाजरकोटमा ३८ तथा ओखलढुंगा र कञ्‍चनपुरमा ३३/३३ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै ताप्लेजुङमा २६, बारा र रूकुम पश्चिममा २४/२४ जना, गोरखामा २३, कपिलवस्तु र दैलेखमा २१/२१ जना, मकवानपुरमा १७, दार्चुलामा १६,सर्लाहीमा १४, इलाममा १२, रामेछापमा ११, उदयपुरमा ९, स्याङजामा ८ तथा दोलखा, रोल्पा र कालीकोटमा ७/७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पर्वत र जुम्लामा ६/६ जना, लमजुङमा ५, धनकुटा र डोल्पामा ४/४ जना, खोटाङ, संखुवासभा, बागलुङ, मुगु र बाजुरामा ३/३ जना, तेह्रथुम, सोलुखुम्बु, म्याग्दी, रूकुम पुर्व, हुम्ला र डोटीमा २/२ जना तथा पाँचथर, मुस्ताङ, प्‍युठान, अछाम र डडेलधुरामा १/१ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

यस्तै ९ वर्ष मुनिका १६२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष मुनि उमेर समूहका ४९६ जनामा कोरोना संक्रण देखिएको छ ।

चर्चामा

सम्बन्धित समाचार