बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • कोरोनाका कहर बाट बच्न गाउँगाउँमा सचेतना फैलाउदै

कोरोनाका कहर बाट बच्न गाउँगाउँमा सचेतना फैलाउदै

  • शनिबार, जेष्ठ १, २०७८
कोरोनाका कहर बाट बच्न गाउँगाउँमा सचेतना फैलाउदै

बाजुरा–पछिल्लो चरणमा तिब्र रुपमा कोरोनाको कहर गाउँगाउँमा फैलिदै गएको छ । कोरोनाको कहर सँगै डर त्रास बढेदै गएपछि गाउँगाउँमा कोरोना बाट बच्नका लागि बाजुरामा सचेतना फैलाउने काम भइरहेको छ ।
बाजुराका ९ वटा स्थानिय तह, सरकारी तथा गैर सरकारी कार्यलय, स्वास्थ्यकर्मी, नागरिक समाजले चेतना फैलाउने काममा लागि परेका छन् । कोरोना बाट बच्न साबुन पानिले हात धुन सरसफाईमा ध्यान दिन सामाजिक दुरी कायम गर्न घर घरमा पुुगेर चेतना फैलाइरहेका छन् ।
खप्तडछेडेदह गाउँपालिका २ कि रुपा बुढा अहिले टोल टोलमा गएर कोरोना बाट बच्न चेतना फैलाइरहेकी छन् । साथै मास्क समेत बितरण गरेर मास्क लगाउने तरिका हातधुने तरिका सिकाइरहेकि छन् । रुपा सामाजिक सेवा सँगै आइडिएस नामक एउटा गैरसरकारी संस्थामा काम गर्छन् । उनि भन्छन्, यो महामारीका बेला कोरोना बाट बच्न चेतना फैलाउन समुदायलाई सचेत बनाउ अतिआबश्यक रहेको वताउँछन् । उनि गाउँपालिका प्रत्येक टोल टोलमा पुुगेर सन्देश फैलाइरहेकि छन् ।
बाजुरामा भारत बाट आउनेको संख्या दिनप्रतिदिन बढिरहेका छन् । जिल्ला कोरोनाको उच्च जोखिममा रहेको छ । स्वास्थ्य चौकीमा चेक गरेर कोरोना देखीने डरले घरमै बिरामीले थलिएका धेरै रहेका छन् । अहिले जिल्लामा स्वास्थ्य कर्मी, शिक्षक, प्रहरी, कर्मचारी, नागरिक समाज स्वास्थ्यकर्मी कोरोना नियन्त्रणमा अग्रमोर्चामा खटिएको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले वताएका छन् ।
बिद्यालय बन्द भएपनि शिक्षक पनि टोल टोलमा पुुगेर स्वास्थ्य सन्देश फैलाइरहेका छन् । बडिमालिका नगरपालिका १ चोयाकोट माबिका शिक्षक धन बहादुर रावल भन्छन्, शिक्षकहरु टोलटोलमा पुुगेर स्वास्थ्य सन्देश दिइरहेको वताउँछन् । मास्क लगाउने तरिका सरसफाईमा ध्यान दिनुपर्ने र लकडाउन कार्यनवयन गर्न बारे घर घरमा पुुगेको रावलले वताए । जिल्लामा गैरसरकारी संस्थाहरुले स्थानिय तहमा सामाजिक परिचालक परिचालन गरेर स्वास्थ्य सन्देश दिइरहेका छन् ।
जिल्ला प्रहरी कार्यलय बाजुराले लकडाउन कार्यनवयन गराउन सँगै स्वास्थ्य सन्देश दिइरहेको छ । प्रहरी टोलटोलमा पुुगेर चेतना फैलाउने काम गरिरहेको प्रहरी प्रमुख मदन महराले वताएका छन् । मास्क नलगाएर हिडनेलाई मास्क किन्न लगाएर लगाउन प्रेरित गरिरहेको छ ।
बुढिगंगा नगरपालिका स्वास्थ्य संयोजक दिपक शाहले भने कोरोनाको चेकजाँच सँगै स्वास्थ्य सन्देस दिने काम गरिरहेको वताएका छन् । नगरपालिका टोलटोलमा सन्देश दिने काम गरिहेको उनले वताए । जिल्ला प्रशासन कार्यलय बाजुराले पनि कोरोना बाट बच्न समुदायलाई लकडाउन कार्यनवयन गर्न, र स्वास्थ्य सरसफाईमा ध्यान दिन आग्रह गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार