शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • चाडैं एम्बुलेन्सको ब्यबस्थापन गर्छु : नगरप्रमुख बडुवाल

चाडैं एम्बुलेन्सको ब्यबस्थापन गर्छु : नगरप्रमुख बडुवाल

  • शनिबार, जेष्ठ १, २०७८
चाडैं एम्बुलेन्सको ब्यबस्थापन गर्छु : नगरप्रमुख  बडुवाल

बाजुरा — सदरमुकाम मार्तडी कोरोनाको कहरका बेला एउटा एम्बुलेन्स समेत नभएको गुनासो आइरहेको बेला बडिमालिका नगरपालिका नगर प्रमुख पदम बडुवालले चाडंै एम्बुलेन्सको ब्यबस्थापन गर्ने वताएका छन् ।
बडुवालले भने नगरपालिकाले एम्बुलेन्स खरिद गर्ने प्रक्रियामा अगाडि बढिसकेको छ, रेडक्रस बाह्रबिस शाखाको एम्बुलेन्स मर्मत गर्न पठाएका छौ, केही दिनमा त्यो बनेर आएपछि एम्बुलेन्सको ब्यबस्थापना हुने वताए । नयाँ खरिदका लागि प्रदेश मन्त्रि प्रकाश शाहले १० लाख ब्यबस्थापन गरेको छ, बाँकि नगरपालिकाले खर्च ब्यबस्थापन गर्ने गरि प्रक्रिया अगाडि बढेको बडिमालिका खबर सँग उनले बताएका छन् ।
नगरप्रमुख बडुवालले भने नगरबासि मात्र नभई जिल्लाबासीको स्वास्थ्य सेवामा आफुहरु संबेदनशिल रहेको वताए । जिल्ला अस्पताल बाजुरामा जिल्लाभरीका बिरामी उपचारमा आउने गरेका छन्, अर्को सदरमुकाम मार्तडीमा ९ वटै स्थानिय तहका ब्यक्ति बस्ने गरेका छन्, सबैको स्वास्थ्य सुरक्षा आफुहरुको दाहित्व रहेको वताए । कोरोना नियन्त्रण तथा नागरिकको स्वास्थ्य सुरक्षामा नगरपालिका कहिले पछाडि नहटेको अझै पनि सक्दो लागिरहने बडुवालले वताए ।
बडिमालिका खरबले सदरमुकाम मार्तडी एम्बुलेन्स र शववाहन नभएको सवाल निरन्तर उठाइरहेको छ । नगरपालिकाले तत्काल कोरोनाका बिरामी बोक्न र शव ब्यबस्थापनका लागि गाडि भाडामा लगेको छ । एम्बुलेन्सको ब्यबस्थापन नहुदा सम्मका लागि गाडि भाडामा ल्याएर सुुबिधा दिइरहेको नगरप्रमुखले वताए । नगरप्रमुख गएको बर्ष पनि कोरोना नियन्त्रणमा फन्टाइनलमा खटिएका थिए ।
बाजुरामा शव बाहन नहुदा कोरोना बाट मृत्यु भएकालाई फोहोर फाल्ने टिफर र यात्रु बोक्ने जिपमा बोकेर लग्ने गरेका छन् । एम्बुलेन्स नहुदा कोरोनाका बिरामीलाई बोक्न निकै समस्या भइरहेको छ । जिल्ला अस्पताल बाजुराले आर्थिक बर्ष ०७६।०७७ मा शव वाहन खरिदका लागि आएको रकम खरिद गर्न नसकेर फिर्ता गएको थियो । यो आर्थिक बर्षमा साउनमै शव वाहन र एम्बुलेन्स खरिदका लागि १५ लाखका दरले प्रदेश सरकारले पैसा पठाएको भएपनि अहिले सम्म खरिद गर्न सकेको छैन् । जिल्ला अस्पताल बाजुरा तथा सदरमुकाम मार्तडी शव वाहन र एम्बुलेन्स नहुँदा कोरोनाका बिरामी समस्या भोग्नु परेको छ ।
जिल्ला अस्पताल बाजुराका निमित्त कार्यलय प्रमुख डा. प्रकाश जोशीले भन्छन् शव वाहन नहुदा निकै समस्या भएको वताए । अस्पतालमा गएको आर्थिक बर्ष एम्बुलेन्स र शव वाहान खरिदका लागि बजेट आएको थियो । त्यो बर्ष खरिद गर्न नसकेर रकम फिर्ता भएको जोशीले वताए । यो बर्ष पनि एम्बुलेन्स र शव वाहान खरिदका लागि बजेट आएको छ, बल्ल खरिद गर्ने प्रक्रियामा पुुगेको अस्पताल बाजुराका प्रमुख डा. जोशीले वताए ।
एम्बुलेन्स र शववाहान खरिदका लागि १५ लाखका दरले बजेट आएको जोशीले वताए । अहिले प्रक्रियामा गएको छौ एकदुुई महिना लाग्ने उनले वताए । पहिला प्रक्रियामा गएको भए चाडै जिल्ला अस्पतालमा शव वाहन र एम्बुलेन्स आइसक्ने थियो, अहिले प्रक्रियामा जादा अझै केही महिना लाग्ने अस्पतालले वताएको छ ।

चर्चामा

सम्बन्धित समाचार