मङ्लबार, अशोज १५, २०८१
  • होमपेज
  • समाचार
  • सुदुरपश्चिम प्रदेश नागरीक समाजले बुझायो सरकारलाई ध्यानाकर्षण पत्र

सुदुरपश्चिम प्रदेश नागरीक समाजले बुझायो सरकारलाई ध्यानाकर्षण पत्र

  • शुक्रबार, बैशाख ३१, २०७८
सुदुरपश्चिम प्रदेश नागरीक समाजले बुझायो सरकारलाई ध्यानाकर्षण पत्र

बाजुरा — विश्वभर फैलिरहेको कोभिड-१९ को दोस्रो लहरले नेपालमा पनि संक्रमित र मृत्यु हुनेहरुको संख्या दिनानुदिन वृद्धि हुदैँ गएको अबस्थामा कोरोना माहामारी रोकथाम तथा नियन्त्रणका लागि सुदुरपश्चिम प्रदेश नागरीक समाजले सरकारका तिन ओटै तहलाई ध्यानाकर्षण गरेको छ । सुक्रबार बिहान जुम बैठकको आयोजना गरि सुदुर पश्चिमका नागरिक समाजले सरकारका सबै तहलाई ध्यानाकर्षण पत्र बुझाएका हुन ।
अस्पतालहरु कोभिड संक्रमितहरुले भरिभराउ भएको, शैया नपाएर अस्पतालका बरण्डा तथा ग्यालरी र बाहिर टेन्ट लगाएर समेत बिरामीहरु बस्नु परेको, अक्सिजनको अभावले बाँच्न सक्ने संक्रमितहरुलाई समेत उचित ब्यबस्था तथा हेरविचार गर्न नसकेर बचाउन नसकेको, संक्रमितहरुलाई आवश्यक पर्ने स्वास्थ्य उपकरण र औषधीहरुको चर्को मूल्यमा विक्रि वितरण भई रहेको अवस्था देखिएको छ । तीन तहका सरकारहरु तीनतिर फर्किएको अनुभुति जनतालाई भई रहेको छ । यस विषम परिस्थितिमा सुदूरपश्चिम प्रदेशमा कार्यरत तपसिल बमोजिमका नागरिक समाजका अगुवाहरुको गम्भीर ध्यानाकर्षण भएको छ र नेपाल सरकार, प्रदेश सरकार र स्थानिय सरकारलाई तपसिल बमोजिमको व्यवस्था तत्काल गर्न यो ध्यानाकर्षण पत्र जारी गर्दछांै । नागरिक समाजको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
सो ध्यानाकर्षण पत्रमा निम्न कुराहरु उल्लेख गरिएको छ । – कोभिड विरुद्धको खोपको सम्पुणर् जनताका लागि अविलम्ब व्यवस्था गरीयोस, यस प्रदेशमा विरामीहरुले अस्पतालमा शैया र स्वास्थ्यकर्मीको सेवा नपाइरहेको अवस्था भएकोले तत्काल गेटा मेडिकल कलेज लगाएतका सम्भावित स्थानमा अस्थायी अस्पताल निर्माण गरी आवश्यक दक्ष स्वास्थ्यकर्मिको तत्काल व्यवस्था गरि संचालन गरीयोस लगायतका कुराहरु सो ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
सवै जिल्ला अस्पतालहरुमा अक्सिजन प्लान्ट सहितको क्ष्ऋग् र भेन्टीलेटर सेवा विस्तार गरीयोस ।
दिर्घरोगीहरुलाई चाहिने आवश्यक औषधिको पर्याप्त मात्रामा आपुर्ति गरीयोस । सुदुरपश्चिमका तीनै तहका सरकारहरुको सक्रिय भुमिका खटकिएको वर्तमान जटिल अवस्थामा आआफनो भुमिकामा सक्रियता ल्याइयोस, र तीनै तहका सरकार विच आवश्यक समन्वयको अभाव देखिएकोले आवश्यक समन्वय गरी आम जनतालाई राहत पुग्ने कार्यक्रम ल्याइयोस सो पत्रमा उल्लेख गरएिको छ ।
सुदूरपश्चिम प्रदेशमा रहेको एक मात्र अक्सिजन उत्पादन प्लान्ट हाल विग्रिएर वन्द भएकोले अविलम्ब संचालनमा ल्याउने व्यवस्था गर्न आग्रह गरएिको छ ।
निषेधाज्ञाको स्थितिबाट दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउने विपन्न परिवारहरु नराम्ररी प्रभावित भई रहेका छन । तसर्थ, यस्ता संकटमा रहेका परिवारको जीवन रक्षाका लागि विशेष राहतका प्याकेजहरुको यथाशिघ्र व्यवस्था गरी उनीहरुको खाद्य अधिकार सुनिश्चित गर्न नागरिक समाजले अपिल गरेको छ ।
सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरुमा निषेधाज्ञा जारी भएको कारण पहाडी जिल्लाहरुमा खाद्यान्न, औषधी र अन्य दैनिक आवश्यक सामग्रीको उपलब्धता सहज गराउन समेत आग्रह गरिएको छ ।
छिमेकी राष्ट्र भारतका विभिन्न स्थानबाट आफनो घर फर्कने क्रममा दिनहँु हजारौ नेपालीहरु फर्कीरहेकाले सिमामा सजगता, सर्तकता अपनाउदै कोरोना टेस्ट गर्ने, ज्यमिष्लन ऋभलतभच लाई व्यवस्थीत गर्ने र नागरीकहरुलाई सम्वन्धीत स्थानमा पुग्ने व्यवस्था गर्न अनुरोध समेत गरेको छ ।
जोखिममा रहेका अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक बालबालिका, महिला वर्गको स्वास्थय र सुरक्षाको बिशेष पहल स्थानिय र प्रदेश तहबाट गरियोस । कारागार तथा थुनामा रहेका कैदिबन्दीको स्वास्थ्य सुरक्षामा थप संवेदनशीलता रहोस । उपभोक्तहरुको आधारभूत अत्यावश्यक आवश्यकताको परिपूर्तिको लागि स्थानीय सरकारहरुबाट उचित प्रवन्ध गरियोस ।
संक्रमण रोग रोकथामका लागि स्वास्थ्यका आधारभूत मापदण्ड पालन गर्न आमनागरिक समुदायले अपलि गर्दछौ सो ध्यानाकर्षण पत्रमा उल्लेख गरएिको छ ।

https://badimalikakhabar.com/wp-content/uploads/2021/05/Press-release-CSO-final.pdf

 

चर्चामा

सम्बन्धित समाचार