• होमपेज
  • समाचार
  • खैरो हेरोइनसहित दुई पक्राउ

खैरो हेरोइनसहित दुई पक्राउ

  • शुक्रबार, बैशाख ३१, २०७८
खैरो हेरोइनसहित दुई पक्राउ

प्रतिबन्धित लागुऔषध खैरो हेरोइन ल्याउँदै गरेका दुई जनालाई सशस्त्र प्रहरीले बिहीबार साँझ बेलौरी नगरपालिका–१० भुडा थापा चोकबाट पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–६ ऐठपुरका वर्ष ३० का असोक सुनार र सोही ठाउँका वर्ष २० का केशव चन्द रहेका छन् ।

पक्राउ परेका दुवै जनाको साथबाट ८ दशमलव ६९० ग्राम खैरो हेरोइन बरामद भएको छ । भारतबाट से ४ प ७५२७ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका बेला दुवै जना पक्राउ परेका हुन् ।

पक्राउ परेका दुवैलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाइएको छ । एक हप्तामै सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरी लागु औषधसहित आठ जनालाई पक्राउ गरी सकेको छ ।

चर्चामा

सम्बन्धित समाचार