• होमपेज
  • समाचार
  • कञ्चनपुरमा ट्रयाक्टरले मोटरसाईकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

कञ्चनपुरमा ट्रयाक्टरले मोटरसाईकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

  • शुक्रबार, बैशाख ३१, २०७८
कञ्चनपुरमा ट्रयाक्टरले मोटरसाईकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

धनगढी– कञ्चनपुरमा ट्रयाक्टरले मोटरसाईकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ।

जिल्लाको कृष्णपुर नगरपालिका–६ मौरीफाँटामा से१त ४४४१ नम्बरको ट्रयाक्टरले से३प ३००५ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो। ठक्करबाट मोटरसाईकलमा सवार सोही ठाउँका २८ वर्षीया प्रकाश रोकाया र ३० वर्षीय सुरेश जप्रेलको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाईते भएका उनीहरुलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा पठाइएको थियो। उपचारका क्रममा दुवैको त्यहि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार