• होमपेज
  • समाचार
  • कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ

कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ

  • शुक्रबार, बैशाख ३१, २०७८
कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ

कञ्चनपुर– कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुर मातहत बोडर आउट पोष्ट भुडाबाट खटिएको टोलीले ८ दशमलव ६९० ग्राम खैरो हिरोईनसहित भीमदत्त नगरपालिका ६ ऐठपुरका ३० वर्षीय असोक सुनार र सोही स्थानका २० वर्षीय केशव चन्दलाई पक्राउ गरेको हो।

उनीहरूलाई बेलौरी नगरपालिका १० भुडास्थित थापाचोकमा भारतबाट से ४ प ७५२७ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आइरहेको अवस्थामा पक्राउ गरिएको हो।

उनीहरूको साथबाट ३ वटा मोबाइल फोन, २ वटा एटीएम र १२८ नेपाली रूपैयाँसमेत बरामद गरिएको छ। उनीहरूलाई थप कारवाहीको लागि इलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्रबहादुर ऐरले बताए।

चर्चामा

सम्बन्धित समाचार