शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • नेपालको राष्ट्रिय राजनितीप्रति युवा नेतृत्वको वितृष्णा

नेपालको राष्ट्रिय राजनितीप्रति युवा नेतृत्वको वितृष्णा

  • शुक्रबार, बैशाख ३१, २०७८
नेपालको राष्ट्रिय राजनितीप्रति युवा नेतृत्वको वितृष्णा

कोभिड १९ को माहामारीलाई परास्त गर्न अस्पतालमा अक्सिजन, आईसियु, पल्स अक्सिमिटर,भेन्टिलेटर,किट उपलब्ध गराउने, स्वास्थकर्मिलाई उत्प्रेरित गर्ने, नागरिकको सुरक्षाका लागि राहतका कार्यक्रम ल्याउने जस्ता संबेदनशिल बिषय भन्दा पर बसेर/ भागेर आफ्नो कुर्सि जोगाउने, जिम्मेवारीबाट पन्छिने भगौडा, लठुवा हुन् स्मरण रहोस् सत्ताका लागि जबज छोड्न तयार हुने केपि ओली, ललिपबमा लोभिने देउवा ,माधब,प्रचण्ड,राजेन्द्र,महन्तहरु सत्ता आफु अनुकुल बनाउन जे पनि गर्न तयार हुने फोहोरी खेलाडी हुन ! यिनिहरुको खोक्रो राष्ट्रबाद , कुशल राजनीति भविष्य पनि सकियो! अब नयाँ पुस्ता उठौ! जागौ! आ-आफ्नै पार्टीभित्रका यि लोभि, पापिहरुलाई बहिष्कार गरौ!

नागरिकको जिवन जोगाउन तत्परता देखाउने पत्रकार शब्द सुन्नसाथ गर्भ लाग्ने नाम रबि लामिछाने,विजय कुमार पाण्डे जस्ता , सामाजिक अभियान्ता भन्नसाथ ज्ञानेन्द्र शाही जस्ता, राष्ट्रसेवक कर्मचारी भन्नसाथ नेपाल सरकार पुर्व सचिब भिम उपाध्याय, पुर्व प्रहरी महानिरीक्षक रमेश खरेल, प्रेम सन्जेल जस्ता राष्ट्रप्रेमी व्यक्तित्वको राय सल्लाह लिएर अगाडी बढेर नागरिकको ज्यान जोगाउनतिर लागौं, पत्रकार साथिहरु ऋषि धमिला जस्ता नेताका पुच्छर पत्रुकारलाई पनि आफ्नो ठाउबाट प्रतिकार गरौ! अस्पतालमा अक्सिजन नपाएर दिनहुँ जनता मरिरहेका बेला आफ्नो स्वार्थ सिद्धिमा लिप्त कसिङ्गर आफुलाई राजनेता भनेर परिभाषित गर्न रत्तिभर लाज मान्दैनन !

सरकार बनाउने नै भए यो बिपद व्यबस्थापन गर्नका लागि साझा राष्ट्रिय सरकार बनाउन नयाँ पात्र प्रदिप गिरी, शेखर कोईराला,बद्री पाण्डे,विश्व प्रकाश शर्मा,गगन थापा, जनार्दन शर्मा, घनश्याम भुसाल,बिप्लब,रामकुमारी झाक्री आदि जस्ता भिजन , मिशन र प्लान भएका नयाँ उर्जाशिल, प्रगतिशील र परिबर्तनशिल पात्र राखेर सरकार बनाउनुस न माथिका कुपात्रहरुको थोरै पनि नैतिकता बचेको छ भने, अँखामा आसु र मनमा भाव छ भने? यो भन्दा धेरै शब्दहरु खर्चिन तपाई जो कोहि भगवानरुपि नागरिकहरु बाकी अस्पतालमा छट्पटी रहेका बिरामीलाई भेट्नुस तपाईको मनले के भन्छ त्यो लेख्नुहोस र जति सकिन्छ गर्नुस ! धन्यवाद ।
#आगे_आफ्का_मर्जि !!!
जस बहादुर शाही
खुला सचीव, ने.बि. संघ
बाजुरा-काठमाडौं सम्पर्क समिती

चर्चामा

सम्बन्धित समाचार