मङ्लबार, असार ११, २०८१
  • होमपेज
  • समाचार
  • कैलालीमा रुखले च्यापिएर एक महिलाको मृत्यु

कैलालीमा रुखले च्यापिएर एक महिलाको मृत्यु

  • बिहिबार, बैशाख ३०, २०७८
कैलालीमा रुखले च्यापिएर एक महिलाको मृत्यु

धनगढी– कैलालीमा रुखले च्यापिएर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको टीकापुर नगरपालिका -१ स्थित एकतानगर शिविरमा घरमाथि रुख खस्दा ४० वर्षीया देउकला कामीको मृत्यु भएको प्रहरीले बताएको छ।

गएराति चलेको हावाहुरीले घरमाथि रुख खसेपछि च्यापिएर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताए।

चर्चामा

सम्बन्धित समाचार