मङ्लबार, असार ११, २०८१
  • होमपेज
  • समाचार
  • चितुवाको छालासहित एक युवक पक्राउ

चितुवाको छालासहित एक युवक पक्राउ

  • बिहिबार, बैशाख ३०, २०७८
चितुवाको छालासहित एक युवक पक्राउ

कर्णाली– जिल्ला प्रहरी कार्यालय सुर्खेतले चितुवाको छालासहित एक युवकलाई पक्राउ गरेको छ।

प्रहरीले गुर्भाकोट नगरपालिका–९ सुर्खेतका २६ वर्षीय वीरेन्द्रकुमार खत्रीलाई बुधबार बेलुका ५ः०० बजे पक्राउ गरेको हो। खत्रीले चितुवाको छाला बोकी आएको भन्ने विशेष सूचनाका आधारमा खटिई गएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा सोही नगरपालिका–३ कुरिल्ले भन्ने ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।

“छिन्चु–जाजरकोट पक्की सडक खण्डमा खत्रीले बोटेचौरबाट सल्लीबजारतर्फ जाँदै गरेको भे ४ प ४८८७ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा झोलामा लुकाइछिपाइ राखेको टाउकोदेखि पुच्छरसम्म भएको चितुवाको छालासहित उनलाई पक्राउ गरिएको हो”, प्रहरी नायब उपरीक्षक घर्तीले भने, “खत्रीलाई आवश्यक कारवाहीका लागि गुर्भाकोट सबडिभिजन वन कार्यालय मेहलकुना सुर्खेत पठाइएको छ।”

चर्चामा

सम्बन्धित समाचार