मङ्लबार, असार ११, २०८१
  • होमपेज
  • समाचार
  • कोरोनाबाट युवा पत्रकार पौडेलको मृत्यु

कोरोनाबाट युवा पत्रकार पौडेलको मृत्यु

  • बिहिबार, बैशाख ३०, २०७८
कोरोनाबाट युवा पत्रकार पौडेलको मृत्यु

कोभिड–१९ (कोरोनाभाइरस) संक्रमणबाट पोखरामा क्रियाशील युवा पत्रकार गणेश पौडेलको मृत्यु भएको छ । गण्डकी मेडिकल कलेजमा उपचाररत पौडेलको आज विहान उपचरका क्रममा मृत्यु भएको छ ।
पोखरा महानगरपालिका –३३, बागमारा निवासी ४० वर्षीय पौडेल यही बैशाख २० गते कोभिड–१९ बाट संक्रमित भएपछि गण्डकी मेडिकल कलेजमा उपचाररत थिए । उनी पोखरास्थित गण्डकी टेलिभिजनमा प्रबन्धकको रुपमा कार्यरत थिए । नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्यसमेत रहेका पौडेलका दुई छोरा र श्रीमती रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार