मङ्लबार, असार ११, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दोब्बरले बढ्दैे

सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दोब्बरले बढ्दैे

  • बिहिबार, बैशाख ३०, २०७८
सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दोब्बरले बढ्दैे

  धनगढी– सुदूरपश्चिममा कोरोना भाइरसको महामारी भयावह अवस्थामा पुगेको छ।

पछिल्लो चार दिनमा भाइरसका कारण मृत्यु हुनेको संख्याले पनि यो कुरालाई प्रमाणित गरिदिएको छ। शनिवार १५, आइतबार १८ जनाको मृत्यु हुँदा सोमबार १७ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। मंगलबार मात्र मृतकको संख्या ह्वत्तै बढेर ३१ पुगेको हो। मृतकको संख्या चौथो दिनमै झण्डै दोब्बरले बढ्दा अस्पतालहरुमा अक्सिजनको हाहाकार छ। प्रदेशका अस्पतालहरुमा अक्सिजनको हाहाकार भएपछि अस्पतालहरुले बिरामी भर्ना लिन समेत आनाकानी गर्न थालेका छन्।

प्रदेश सरकारको कोरोना भाइरस रोकथाप, नियन्त्रण तथा उपचारका लागि गतिलो तयारी नभएकाले यो अवस्था आएको आरोप लागेको छ। संघीय सरकार, प्रदेश सरकार र स्थानीय पालिकाहरुले कोरोना भाइरस रोकथाप, नियन्त्रण तथा उपचारका लागि संयुक्त प्रभावकारी काम गर्नुपर्ने अधिकारीहरुको सुझाव छ।

सुदूरपश्चिम प्रदेशमा मंगलबार मात्र ३१ जना कोरोना संक्रमितको मृत्यु भयो। प्रदेशका अस्पतालहरुमा अक्सिजनको अभावका कारण मृत्यु हुनेको संख्या वृद्धि हुँदै गएको अनुमान गरिएको छ। प्रदेशमा कोरोना भाइरसको रोकथाप, नियन्त्रण तथा उपचारका लागि प्रभावकारी काम नभएकाले अवस्था अझै भयानक हुने अनुमान गरिएको छ। प्रदेशमा मंगलबारसम्म मात्र २ सय ५६ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। सरकारले अक्सिजन, संक्रमितलाई उपचार गर्न श्यया, भेन्टिलेटर र आईसीयूको संख्या वृद्धि नगरे मृत्यकको संख्या अझै वृद्धि हुने अनुमान गरिएको छ।

संघीय र प्रदेश सरकार तथा स्थानीय पालिकाहरुले गम्भिर रुपमा नलिए मृत्यकको संख्या अझै वृद्धि हुने बताउदै स्वास्थ्य विभागका पूर्व महानिर्देशक डाक्टर लक्ष्मीराज पाठकले भने “सीमा क्षेत्रमा होल्डीङ सेन्टर चेकजाँचमा लापरवाही गरिँदा यस्तो अवस्थाको सामना गर्नु परिरहेको छ।” कोरोना महामारीमा अझै भयावह अवस्था आउन सक्ने जनस्वास्थ्यविद्हरुले अनुमान गरेका हुन्।

प्रदेशमा कोरोना संक्रमितको संख्या वृद्धि भएपछि श्ययाको अभाव छ। प्रदेशका निजी अस्पतालहरुले कोरोना संक्रमितको उपचार गर्न नसकिने बताएका बेला प्रदेश सरकारको तयारी समेत फितलो देखिएको हो। कोरोना संक्रमितका लागि आवश्यक श्यया बिस्तार, अक्सिजन सिलिण्डर खरिद, आईसीयू र भेन्टिलेटर जडान लगाएका काममा प्रदेश सरकारले बेवास्ता गरेको हो। प्रदेशमा कोरोना नियन्त्रणका लागि प्रभावकारी काम नभएकाले गाउँगाउँमा संक्रमितको त्रास फैलिएको पूर्व महानिर्देशक पाठकले बताए।

कतिपय संक्रमितले रोग पहिचान गर्न नसक्दा अस्पताल नजादै ज्यान गुमाउदैछन्। अधिकांस फोक्सोमा जटिल समस्या देखिएपछि मात्र अस्पताल जाने गरेका छन्। फोक्सोमा जटिल समस्या देखिएका संक्रमितका लागि अक्सिजन अनिवार्य हुने र प्रदेशमा अक्सिजनको अभावका कारण मृत्युवरण गर्नु पर्ने बाध्यता आएको अधिकारीहरुको गुनासो छ। सेती प्रादेशिक अस्पतालमा समेत आईसीयूको क्षमता समेत प्रयाप्त नभएकाले समस्या भइरहेको सेती प्रादेशिक अस्पतालका आईसीयू इञ्चार्ज डक्टर कपिल गौतमले बताए।

सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, टिकापुर अस्पताल, डडेल्धुरा अस्पताल कोरोना संक्रमितले भरिएका छन्। संक्रमितले अस्पतालका श्यया भरिएकाले नयाँ संक्रमितले पालो पर्खिनुपर्ने अवस्था छ। सेती प्रादेशिक अस्पतालमा आईसीयू कुर्दाकुर्दै कतिपय संक्रमितले अकालमै ज्यान गुमाउदैछन्।

अक्सिजन अभावका कारण यो समस्या विकराल बन्दै गएको उनले बताए। सेती प्रादेशिक अस्पतालको प्रङ्गरमा समेत कोरोना संक्रमिलाई उपचार गरिदैछ। होम आइसोलेसनमा बसेकाहरुले समेत अक्सिजन नपाएरै ज्यान गुमाउनु पर्ने अवस्था सुदूरपश्चिममा छ।

चर्चामा

सम्बन्धित समाचार