मङ्लबार, असार ११, २०८१
  • होमपेज
  • समाचार
  • मिर्गाैला बेचबिखनको आरोपमा पक्राउ

मिर्गाैला बेचबिखनको आरोपमा पक्राउ

  • बिहिबार, बैशाख ३०, २०७८
मिर्गाैला बेचबिखनको आरोपमा पक्राउ

मिर्गाैला बेचबिखनको आरोपमा एकजना पक्राउ परेका छन्।

सप्तरी प्रहरीले सप्तरीको सुरुङ्गा नगरपालिका–१ शिशुबारीका २४ वर्षीय रमेश विश्वकर्मालाई बुधबार पक्राउ गरेको छ। पीडितको उजुरीका आधारमा सोही ठाउँका ३५ वर्षीय काले भनिने विश्वकर्मालाई पक्राउ गरी मानव वबचबिखनविरुद्धको उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय कडरबोना, सप्तरीका प्रहरी निरीक्षक वीरेन्द्र पासवानले बताए।

काठमाडौंँमा बस्दै आएका टिपर सहचालक आफूलाई आरोपित विश्वकर्माले ललाईफकाई बुटवलसम्म पु¥याएको र राम्रो पारिश्रमिक पाइने लोभ देखाई अपरिचित व्यक्तिको जिम्मा लगाएर भारत पठाएको पीडितले बताए। मादक पदार्थ खुवाई भारत पु¥याएका अपरिचित आरोपितले केही दिन होटलमा राखेको र बेहोश बनाई अस्पताल पु¥याएर यही वैशाख २ गते मिर्गाैला निकालेको पीडितको आरोप छ। उक्त अस्पतालमा १० दिन राखेपछि पाँच हजार दिएर गाडी चढाई घर पठाएको र गत शुक्रबार आफू घर आइपुगेको पीडितकी श्रीमती नीराले बताइन्।

अर्का आरोपितको पहिचान खुलिसकेको छैन। प्रहरी निरीक्षक पासवानले मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाडौंँसँग समन्वय गरी अपरिचित आरोपितको खोजी गरिएको जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार