मङ्लबार, असार ११, २०८१
  • होमपेज
  • समाचार
  • गण्डकीमा पृथ्वीसुब्बा गुरुङ पुन: मुख्यमन्त्री नियुक्त

गण्डकीमा पृथ्वीसुब्बा गुरुङ पुन: मुख्यमन्त्री नियुक्त

  • बुधबार, बैशाख २९, २०७८
गण्डकीमा पृथ्वीसुब्बा गुरुङ पुन: मुख्यमन्त्री नियुक्त

२९ वैशाख, पोखरा — गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन: पृथ्वी सुब्बा गुरुङ नियुक्त भएका छन् ।

प्रदेशसभाका चार दलको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दावी पेश गरेका नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको दावी नपुग्ने भन्दै प्रदेश प्रमुख सीता पौडेलले अल्पमतको मुख्यमन्त्रीको रुपमा गुरुङलाई नियुक्त गरेकी हुन् ।

प्रदेशसभामा कुनै दलको एकल बहुमत नभएमा र दुई वा दुई भन्दा बढी दल मिलेर पनि बहुमत जुटाउन नसकेमा संविधानको धारा १६८(३) अनुसार प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ ।

बुधबार राष्ट्रिय जनमोर्चाका सांसदहरु कृष्णबहादुर थापा र खिमबिक्रम शाहीले आफूहरु कुनै गठबन्धनमा नरहेको र तटस्थ रहेको भनी विज्ञप्ति जारी गरेपछि प्रदेश प्रमुखको कार्यालयले कांग्रेस सांसद कृष्णचन्द्र नेपाली पोखरेलको मुख्यमन्त्रीमा दावी नपुग्ने निश्कर्ष निकालेको हो ।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले गुरुङलाई मुख्यमन्त्री नियुक्ति गर्ने प्रक्रिया अघि बढेको पुष्टि गरे ।

चर्चामा

सम्बन्धित समाचार