आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगा नगरपालिकाले फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई ७५ प्रतिशत भत्ता दिने

बुढिगंगा नगरपालिकाले फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई ७५ प्रतिशत भत्ता दिने

  • बुधबार, बैशाख २९, २०७८
बुढिगंगा नगरपालिकाले फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई ७५ प्रतिशत भत्ता दिने

बाजुरा — जिल्लाको बुढिगंगा नगरपालिकाले कोभिट १९ को रोकथाम तथा नियन्त्रणमा खटिने फ्रन्टलाईनमा रहेका स्वास्थ्य कर्मीहरुलाई ५० प्रतिशत भत्ताको समेत ब्यबस्था गर्ने निणर्य गरिएको छ । जसमा आइसोलेशनमा खटिएका स्वास्थ्य कर्मीहरुलाई ७५ प्रतिशत भत्ताको ब्यबस्था गर्ने नगर स्थरिय कोभिट १९ रोकथाम तथा नियन्त्रण समितिले निणर्य गरेको हो ।
कोरोना भाईरसका कारण मृत्यु भएमा गुईगाडको सेरा र बार्जुगाडको मोरामा नेपाली सेनाको समन्वयमा शव ब्यबस्थापन गरिने बताएका छन । जिल्ला बाहिरबाट आउनेहरुका लागि आबस्यक अनुसार स्वास्थ्यको मापदण्ड पालना गरि नगरपालिकाले आबस्यक सहयोग गर्ने निणर्य गरिएको स्वास्थ्य सह संयोजक हस्त खडायतले बताएका छन ।
बुढिगंगा नगरपालिकाका नगर प्रमुख दिपक बिक्रम शाहको अध्यक्षतामा बसेको बैंठकले कोभिट १९ रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले गर्न सक्ने सबै कामहरु गर्ने गरी निणर्य गरिएको बुढिगंगा नगरपालिका स्वास्थ्य सह संयोजक खडायतले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार