शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराको मार्तडीमा ग्लोबल आईएमई बैंकको नयाँ शाखा

बाजुराको मार्तडीमा ग्लोबल आईएमई बैंकको नयाँ शाखा

  • बुधबार, बैशाख २९, २०७८
बाजुराको मार्तडीमा ग्लोबल आईएमई बैंकको नयाँ शाखा

बाजुरा–ग्लोबल आईएमई बैंक लिमिटेडले बाजुराको बडीमालिका नगरपालिका –८, मार्तडीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा विस्तार ७६औं जिल्लामा पुगेको ग्लोबल आईएमई बैंक लिमिटेड बाजुराका शाखा प्रबन्धक शुवास शर्माले वताएका छन् ।

मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा २७० शाखा, २४२ एटीएम, २५६ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढी सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको ग्लोबल आईएमई बैंकले जनाएको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार