शुक्रबार, असार १४, २०८१
  • होमपेज
  • समाचार
  • कैलालीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

कैलालीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

  • बुधबार, बैशाख २९, २०७८
कैलालीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

धनगढी — कैलालीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ९ बल्मीका ३५ वर्षीय मीन ठकुल्लाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

मंगलबार राति घोडाघोडी नगरपालिका वडा नम्बर २ साडेपानीस्थित पश्चिमबाट पुर्वतर्फ गइरहेको ना ४ ख ८९४० नम्बरको ट्रकले विपरित दिशाबाट आइरहेको से ५ प २२९९ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो।

मोटरसाइकल चालक ठकुल्लाको उपचारका क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै ट्रक चालक चुरे गाउँपालिका वडा नम्बर ६ फल्टुडे बस्ने ३३ वर्षीय चेतबहादुरलाई इलाका प्रहरीकार्यालय सुख्खडले नियन्त्रणमा लिएको छ।

चर्चामा

सम्बन्धित समाचार