शुक्रबार, असार १४, २०८१
  • होमपेज
  • समाचार
  • मोरङमा ८ कोरोना संक्रमित विरामीको मृत्यु

मोरङमा ८ कोरोना संक्रमित विरामीको मृत्यु

  • सोमवार, बैशाख २७, २०७८
मोरङमा ८ कोरोना संक्रमित विरामीको मृत्यु

मोरङ —  विराटनगरमा कोरोना संक्रमणका कारण जनाको मृत्यु भएको छ । सात जनाको अस्पतालमा उपचारक्रममा र एक जनाको घरैमा मृत्यु भएको हो ।

विराट मेडिकल कलेजमा सुनसरीको इटहरी ८ की ५४ वर्षीया संक्रमितको आइतबार मृत्यु भएको छ । त्यस्तै, नोबेल अस्पताल विराटनगरमा त्रिवेणी चोकका ७६ वर्षीय पुरुष, धरान–१७ का ६६ वर्षीय पुरुष र सिरहाको कल्याणपुर–४ की ३८ वर्षीया महिलाको आइतबार मृत्यु भएको छ ।

त्यसैगरी मोरङको उर्लाबारी–६ की ३९ वर्षीया महिला, झापाको मेचीनगर–६ का ६० वर्षीय पुरुष र सप्तरीको बोदे बरसाइन नगरपालिका– १० का ३५ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।

त्यस्तै, विराटनगर– १० का ५२ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको महानगरका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार