• होमपेज
  • बाजुरा बिशेष
  • २७ गतेबाट लकडाउनमा कडाई

२७ गतेबाट लकडाउनमा कडाई

  • आइतवार, बैशाख २६, २०७८
२७ गतेबाट लकडाउनमा कडाई

बाजुरा — जिल्ला कोभिट संकट ब्यबस्थापन समिति बाजुराले २७ गते देखी थप कडाई गर्ने भएको छ । जिल्लाको आगवन र बजार क्षेत्रमा हुल बथानका बनाएर लकडाउनको नियम उल्लखन गरेको भन्दै २७ गते देखी थपा कडाई गर्ने जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिट १९ संकट ब्यबस्थापन केन्द्रको यसअघिको नियमलाई मध्यनजर गरी थप कडा गर्न निणर्य गरेको सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले बताएका छन ।
होटल निर्माण साम्रगी र खाद्य पशलहरु २७ गतेदेखी बिहान ६ बजेदेखी ९ बजे सम्म र साझँ ६ बजेदखी ९ बजेसम्म मात्रै बजार खुला रहने गरि बैठकको निणर्य भएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताएका छन । तर आइतबार बसेको कोभिट १९ संकट ब्यबस्थापन केन्द्र बाजुराको बैठकले भेन्टीलेटर र आईसियुको बारेमा भने केही छलफल नगरेको पाइएको छ ।  आइतबार बिहान मानव अधिकार रक्षक संजालले भेन्टीलेटर र आईसियु हुनु पर्ने लकडाउनमा कडाइ गर्नुपर्ने लगायतका मागहरू समेत राखेर ध्यानाकर्षण पत्र बुझाएकाे  थियाे ।

https://badimalikakhabar.com/wp-content/uploads/2021/05/Press.pdf

चर्चामा

सम्बन्धित समाचार