शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाढि र पहिरोले साँफे-मार्तडी सडक अबरोध ( भिडीयाे सहित )

बाढि र पहिरोले साँफे-मार्तडी सडक अबरोध ( भिडीयाे सहित )

  • शनिबार, बैशाख २५, २०७८
बाढि र पहिरोले साँफे-मार्तडी सडक अबरोध ( भिडीयाे सहित )

बाजुरा — बिहिवार साँझआएको बाढि र पहिरोले बाजुराको साँफे मार्तडी सडक खण्ड अबरोध भएको छ । पानि सँगै बाढिले सडक खण्डको बिभिन्न ठाँउमा पहिरोले बगाएपछि सडक अबरोध भएको प्रमुखजिल्लाअधिकारी गोपालअधिकारीले वताएका छन् ।
सडक खण्डको बुढिगंगा नगरपालिकाको ताप्रिसेरा देखी बडिमालिका नगरपालिकाको तिपाडा सम्म झण्डै ५ किलोमिटर सडक ठाँउठाँउमा अबरोध भएको छ । करिब तिन घण्टा सम्मलगातार आएको पानिले चार ठाउँमा खहरे खोलाले सडकमा बनाइएका डाइभरसन बगाएको छ । सडकका माथि बाट ढङ्गा खसिरहेका छन्, आवतजावतमा समेत समस्याभएको छ ।
सडक अबरोध भएपछि प्रमुखजिल्लाअधिकारी गोपालअधिकारी, जिल्लाप्रहरी कार्यलय बाजुराकाप्रहरी प्रमुखडिएस्पि मदनजित महरा, शसस्त्र प्रहरी प्रमुख डिएस्पि दिप्रेन्द्र बिष्ट, रेडकक्रस जिल्ला सभापति रामबहादुर शाहिलगायतको सहितको टोलिले अनुुगमन गरेको छ । प्रमुखजिल्लाअधिकारीगोपालअधिकारीले सडक बिभागलाई सडक चाडो सञ्चालन गर्न निर्देशनदिएका छन् । सडक बिभागले सडक सञ्चालनकालागि डोजर सञ्चालन गरेको छ, धेरै ठाँउमा भत्किएकोले सडक सञ्चालनमाअलि ढिला हुने वताएको छ ।
सडक अबरोधहुदा दैनिकउपभोग्य सामान,औषधि ढुवानीमा अबरोध भएको छ । करिब २ किलोमिटर बाटो हिउँद समयमापनिपहिरोले पटक पटक अबरोध पार्दै आएको छ । सडक बन्दहुदागौमुलगाउँपालिकाले अक्सिजन सिलिन्डर, स्वास्थ्य साम्रागिबाटोमै अलपत्र रहेको स्वास्थ्य संयोजक हरिश बिकले वताएका छन् । नेपालगञ्ज बाट खरिद गरेर ल्याएकाथियौ, सडक अबरोध भएपछि बाटोमा रोकिएको बिकले वताए ।
गतबर्ष बर्षातमा ४ महिनाजति साँफे मार्तडी सडक खण्डको यहि ठाँउमा सडक अबरोध भएको थियो । बैकल्पिमार्गको ब्यबस्थापननगर्दा यो बर्ष बर्षातको शुरुवातमै सडक अबरोध हुने स्थानिय सुरेन्द्र नाथले वताएका छन् । एकातिर कोरोनाको कहर अर्कोतिर सडक अबरोध दैनिकउपभोग्य सामान, औषधिलगायतका साम्रागिको अभाब सँगै मुल्य समेत आकासिने गरेको नाथले वताए ।
बाढीले सडक भत्काएपछि दुबैतर्फीका सवारी साधनआवतजावतबन्दभएको बताईएको छ । विभिन्न स्थानका सडक अवरुद्ध बनेपछि विरामीलाई थपउपचारका लागिजिल्लाबाहिर लिनथप समस्याभएको स्थानीयले बताएका छन् । बुधबार मात्र वर्षाले मार्तडी-गौमुल सडक अवरुद्ध भएको छ ।

चर्चामा

सम्बन्धित समाचार