बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढीगंगा नगरपालकामा कार्यरत ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

बुढीगंगा नगरपालकामा कार्यरत ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

  • बिहिबार, बैशाख २३, २०७८
बुढीगंगा नगरपालकामा कार्यरत ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि

बाजुरा —  बुढीगंगा नगरपालिकामा कार्यरत पाँच जना कर्मचारीलाइ कोरोना पुष्टि भएको छ । आज गरिएको एन्टिजेन बिधिबाट गरिएको परिक्षण गर्दा कोरोना पुष्टि भएको बुढीगंगा नगरपालिका स्वास्थ्य संयोजक हस्त खडाएतले जानकारी दिएका छन् ।
कोरोना संक्रमण हुनेमा बुढीगंगा नगरपालिकाका कार्यकारी अधिकृत प्रेमकाजी मर्हजन, कोभिड १९ अस्थाई अस्पतालमा कार्यरत मेडिकल अधिकृत्त डाक्टर रबि लामिछाने, शिक्षा शाखा अधिकृत्त जयराज न्यौपाने, इन्जिनियर पारस खाती, शिक्षा शाखा प्रा.स डम्बर थापा, स्टाफ नर्स बिमला धामी, अहेव मीनबहादुर कटुवाल र वडा नम्वर ९ मा कार्यरत सव ईन्जिनियर शोभा खर्कवाल रहेको खडाएतले बताए ।
आज १३ जना कोरोना भाईरस संक्रमण लक्षणका बिरामीहरुको परिक्षण गर्दा पाँच जनाको कोरोना पोजेटिभ पुष्टि भएका उनले बताए । दोस्रो भेरिएन्ट सहितको कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणको सिलसिलामा संक्रमण भएको हो । सबै संक्रमितहरुको स्वास्थ्य अबस्था समान्य रहेको र संक्रमित सबै बुढीगंगा नगरपालिकाले बनाएको टाँटे स्वास्थ्य चौकीमा बनाएको आईसोलेसनमा राखेर उपचार भईरहेको उनले बताए ।
बाजुरामा कोरोना भाईरस संक्रमण दिन प्रति दिन बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ३८ जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएकोे छ । बाजुरामा १ सय ४६ जना सक्रिय संक्रमित छन भने एक जना कोरोना पोजेटिभ ५५ वर्षिया महिलाको हिजो मृत्यू भएको छ । जसमा २ जना निको भएर गएका छन ।

चर्चामा

सम्बन्धित समाचार