शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • बडिमालिका बिशेष
  • कोरोनाबाट बच्न सरसफाईमै बढि ध्यान दिनुपर्छ : डाक्टर जोशी

कोरोनाबाट बच्न सरसफाईमै बढि ध्यान दिनुपर्छ : डाक्टर जोशी

  • बिहिबार, बैशाख २३, २०७८
सेयर गर्नुहोस् :
कोरोनाबाट बच्न सरसफाईमै बढि ध्यान दिनुपर्छ :  डाक्टर जोशी

बाजुरा — बिश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस रोगबाट बच्न सरसफाई नै उचित उपाए रहेको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर प्रकाशराज जोशीले बताए । बडिमालिका खवरको कोरोना कहरमा हाम्रो अभियान कार्यक्रम मार्फत डाक्टर जोशीले यस्तो बताएका हुन ।
कोभिट १९ को अहिले सम्म उपचार नहुने भएकाले यस रोगबाट बच्न सरसफाई नै उत्तम उपाय रहेको बताए । सरकारले यस रोगबाट बच्न र बचाउन स्वास्थ्य मापदण्ड तयार गरेको छ र त्यहि मापदण्डको पालना गर्न सके कोरोना भाईरस रोग बाट बच्न सकिने डाक्टर जोशीले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरेको स्वास्थ्य मापदण्डअनुसार सरसफाईमा बढि ध्यान दिनुपर्ने, घरबाहिर निस्कीदा अनिबार्य मास्क प्रयोग गर्नुपर्ने कोही कसैसंग भेट हुदा वा भेट्न जादा भौतिक दुरी कायम गर्नुपर्ने मदिरा लगायतका पिय पदार्थ सेवन मात्रै नगरे पनि उ ब्यक्ती कोरोनाबाट बच्न सक्ने बताए ।
त्यो संगै जिल्ला अस्पतालले कोभिट १९ का बिरामीका लागि छुट्टै आइसोलेशन बनाएको र त्यहा अक्सीजन सहित २ ओटा भ्यानीलेटरको समेत ब्यबस्थापन गरेको बताएका छन । जिल्लामा कोरोना भाईरस उच्च बन्दै गएको अबस्थामा जिल्ला अस्पतालले थप ब्यबस्थापन गर्ने कार्य जारी रहेको बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार