• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा पछिल्लो २४ घण्टामा ३८ जना संक्रमित थपिए, संक्रमितको संख्या १४६ पुग्यो

बाजुरामा पछिल्लो २४ घण्टामा ३८ जना संक्रमित थपिए, संक्रमितको संख्या १४६ पुग्यो

  • बिहिबार, बैशाख २३, २०७८
बाजुरामा पछिल्लो २४ घण्टामा ३८ जना संक्रमित थपिए, संक्रमितको संख्या १४६ पुग्यो

बाजुरा — बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना ३८ जना संक्रमित थपिए संगै बाजुरामा संक्रमितको सख्या १ सय ४६ पुगेको छ । आज १ सय ३२ जनाको एन्टिजेन परिक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन । जसमा १ सय १४ जना होम आइसोलेशनमा र ३८ जना आइसोलेशनमा रहेका स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
आज १ थप निको भएर डिसचार्ज भएका छन । भने यो संगै निको हुनेको संख्य २ पुगेको छ । जिल्लामा आजसम्म एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
जिल्लाको बडिमालिका नगरपालिकामा २० जना थपिएका छन । बुढिनन्दा नगरपालिकामा ९ थएिका छन भने त्यसै गरी आज थप भएका जगन्नाथ गाउँपालिकामा १ जना स्वामिकार्तिक खापर गाउँपालिकामा १ गौमुल गाउँपालिकामा ३ जना खप्तड छेडेदह गाउँपालिकामा २ जना संक्रमित थपिएका छन ।
हालसम्म जिल्लामा ४ सय ६० जनाको एन्टिजेन बिधिबाट कोरोना परिक्षण गर्दा १ सय ४६ र २ जनाको पिसिआर बिधीबाट परिक्षण गरिएको जनाएको छ

चर्चामा

सम्बन्धित समाचार