• होमपेज
  • मनोरञ्जन
  • राजेश पायलकाे बाजुराली भाषामा कोरोना सम्बन्धी जनचेतनामुलक चलचित्र सार्बजनिक (भिडियो सहित)

राजेश पायलकाे बाजुराली भाषामा कोरोना सम्बन्धी जनचेतनामुलक चलचित्र सार्बजनिक (भिडियो सहित)

  • बिहिबार, बैशाख २३, २०७८
राजेश पायलकाे  बाजुराली भाषामा कोरोना सम्बन्धी जनचेतनामुलक चलचित्र सार्बजनिक (भिडियो सहित)

बाजुरा — बिश्वभर संगै नेपाल र बाजुरामा पनि कोरोना भाईर कोबिट १९ को दोस्रो लहरले निकै ग्रसित भएको बेला बाजुराका युवाहरुले सन्देश मुलक चलचित्र सार्बजनिक गरेका छन । बाजुराली भाषामा सम्पादति सो भिडीयो जात्रा नेपालको युटुवबाट सार्बजनिक गरेका हुन । बाजुराकै युवा राजेश पायलको निर्देशन रहेको सा भिडीयोमा भारतबाट आएका नेपालीहरुले के साबधानी अपाउन सकिन्छ भन्ने कुरालाई उल्लेख गरेको छ ।
त्यसै गरि कोरोना भाइरस रोगबाट बच्न के साबधानी अपनाउन सकिन्छ भन्ने सन्देश र आम नागरिकले अपाउनुपर्ने साबधानी सहित बाजुराकै भाषामा लघु चलचित्र सार्बजिनकि भएको सो भिडियोका निर्देशक राजेश पायलले बताएका छन ।
प्रेम नेपालीले बनाएको सो कथाका कलाकार हरुमा प्रेम नेपाली, बिनोद बि.क, बसन्त चन्द (चदारा), गोपाल बि.क, पदम बाबु रावल, राम नेपाली, रचना खड्का, रंगिला उखेडा, मुकेश परियार (बाख्रो), सम्झना श्री, प्रकाश बि.क, शंकर बि.क, दल चदारा, रोहीत बि.क, सागर नेपाली, सृर्जना बि.क, बसन्ती बि.क, गंगा बि.क, सुस्मीता बि.क, गोबिना बि.क, संगिता नेपाली, सुनिल बि.क, दिनेश बि.क, रेशम रोकाया, अनिल बि.क रहेका छन । सो भिडीयोको मुख्य मिडिया पार्टनर बडिमालिका मिडिया हाउसद्धारा संचालित बडिमालिका खवर रहेको छ । मालिका माध्यामिक बिद्यालय मार्तडी र बडिमालिका नगरपालिका वडा न ३ को रजालीमा सो गितको छायाङकन गरिएको क्यामरा म्यान तपेश जोनले बताएका छन ।
सो कथामा बाजुराका युवाहरुले भारतबाट आएर के गर्ने भन्ने बिषयका साथै कोरोना जस्तो महामारीमा कसरी सचेत हुने भन्ने बिषयलाइ मध्यनजर गरिएको सह निर्देशक तथा कथाकारले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार