शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारतका पूर्व केन्द्रीय मन्त्री चौधरी अजित सिंहको कोरोनाका कारण मृत्यु

भारतका पूर्व केन्द्रीय मन्त्री चौधरी अजित सिंहको कोरोनाका कारण मृत्यु

  • बिहिबार, बैशाख २३, २०७८
भारतका पूर्व केन्द्रीय मन्त्री चौधरी अजित सिंहको कोरोनाका कारण मृत्यु

भारतको राष्ट्रिय लोकदल (आरएलडी) का प्रमुख र पूर्व केन्द्रीय मन्त्री चौधरी अजित सिंहको बिहिबार बिहान निधन भएको छ । ८२ वर्षका चौधरी अजित सिंहले गुडगावको एक नीजि अस्पतालमा अन्तिम सास फेरे । उनी २० अप्रिलदेखि कोरोनाद्वारा संक्रमित थिए । फोक्सोमा संक्रमण भएका कारण उनलाई निमोनिया भएको थियो । पछिल्लो दुई दिनदेखि उनको स्थिति गम्भीर थियो । उनका छोरा चौधरी जयंत सिंहले सोसल मिडियामा यसको जानकारी दिए ।

जाट समुदायका ठूला नेता थिए चौधरी अजित सिंहः

अजित सिंहको दबदबा पश्चिमी उत्तर प्रदेशमा निकै धेरै थियो । उनी जाट समुदायका ठूला नेता मानिन्थे । उनी थुप्रै पटक केन्द्रीय मन्त्री पनि रहेका थिए । तर पछिल्लो २ लोकसभा चुनाव र २ विधानसभा चुनावका बेला राष्ट्रिय लोकदलको ग्राफ तीब्र रुपमा खस्कियो । यसै कारण अजितले लोकसभा चुनाव हारेका थिए । अजित सिंहका छोरा जयन्त चौधरीले पनि मथुरा लोकसभा सिटबाट चुनाव हारेका थिए ।

चर्चामा

सम्बन्धित समाचार