शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • बाजुरा पेट्रोल छर्केर बालिकालाई आगो लगाउने २ जना पक्राउ (बिज्ञप्ती सहित)

बाजुरा पेट्रोल छर्केर बालिकालाई आगो लगाउने २ जना पक्राउ (बिज्ञप्ती सहित)

  • बुधबार, बैशाख २२, २०७८
बाजुरा पेट्रोल छर्केर बालिकालाई आगो लगाउने २ जना पक्राउ (बिज्ञप्ती सहित)

बाजुरा — जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्वर ९ मलालगाउँमा विवाह हेर्ने आएको बेला त्रिवेणी नगरपालिका वडा नम्वर ८ पन्ताली बस्ने १४ बर्षिया बालिकाको शरिरमा सोमवार राति पेट्रोल छर्केर अगो लगाएका पिडक २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा शुमन गिरी र शिखर थापा रहेका छन ।
आगो लगाउनेमा त्रिवेणी नगरपालिका वडा नम्वर ८ का सुमन गिरी लगाएत २ जनालाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय बाजुरामा ल्याई सकेको जिल्ला प्रहरी कार्यालय बाजुराको निकालेको प्रेश बिज्ञप्तीमा उल्लेख गरिएको छ । उनिहरु दुबै जनालाई पक्राउ गरि आबस्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक मदनजीत महराले बताएका छन । पिडक रहेका दुबै जनालाई तेजाब प्रयोग गरी अंगभंग गर्न नहुने कसूर मुद्दामा जिल्ला अदालत मार्तडी बाजुराबाट निज नियन्त्रणमा लिईएका बालकहरुलाई बालबालिका सम्बन्धी ऐन २०७५ बमोजिम पहिलो पटक दिन-५ को म्याद थप अनुमती लिई अनुसन्धान भईरहेको जनाएको छ ।

No photo description available.

चर्चामा

सम्बन्धित समाचार