बाजुरा — बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना ३० जना संक्रमित थपिए संगै बाजुरामा संक्रमितको सख्या ९७ पुगेको छ । आज ९१ जनाको एन्टिजेन परिक्षण गर्दा ३० जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन ।
जसमा बडिमालिका नगरपालिकामा १५ जना बुढिनन्दा नगरपालिकामा ५, हिमाली गाउँपालिकामा ६ र त्रिबेणी नगरपालिका २ गौमुल गाउँपालिकामा २ गरि ३० जनामा कोरोना संक्रमण देखीएको कार्यालय प्रमुख चन्दले बताएका छन ।
जम्मा संक्रमीत मध्य ७४ जना होम आइसोलेशनमा रहेका छन भने २३ जना आइसोलेशनमा राखिएको छ ।