शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • बाजुरा कारागारमा फैलियो कोरोना, ८ जनालाई जाँच गर्दा तिन जना संक्रमित

बाजुरा कारागारमा फैलियो कोरोना, ८ जनालाई जाँच गर्दा तिन जना संक्रमित

  • सोमवार, बैशाख २०, २०७८
बाजुरा कारागारमा फैलियो कोरोना, ८ जनालाई जाँच गर्दा तिन जना संक्रमित

बाजुरा — बाजुरा जिल्ला कारागारमा कैदिलाई कोरोना देखापरेको छ । बाजुरा कारागारमा तिन जना कैदिलाई कोरोना पोजेटिभ देखिएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख मदन महराले वताएका छन् । ८ जना कैदिलाई एन्टिजेन बाट गरिएको परक्षिणमा कोरोना ३ जनामा भाईरस पुष्टि भएको छ ।
संक्रमित तिनै जनालाई कारागार भित्र अलगै आइसोलेसन बनाएर राखिएको छ । कारागार बाजुरामा २५ जनाको क्षमता भएपनि हाल ५९ जना कैदि रहेका छन् । धेरै जना कैदीबन्दीहरुको कोरोनासंग मिल्दो जुल्दा लक्षणका बरिामीहरु रहेका प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरक्षिक मदनजीत महराले जानकारी दिएका छन् ।

एकजना बिरामी भएपछि उपचारका लागि जिल्ला अस्पताल बाजुरामा ल्याएपछि उनलाई कोरोना पुष्टि भएको थियो । एकजनालाई देखापरेपछि फेरी ७ जनालाई जाँच गर्दा दुुईजनालाई देखापरेको थियो । कारागारमा क्षमता भन्दा धेरै बढि कैदि रहेका छन । धैरै कैदिहरुलाई संयुक्त एउटै खाट कोठामा सुत्ने गरेकाले धेरैलाई संक्रमण हुनसक्ने बताईएको छ । कारागारमा नै कोरोना संक्रमण फैलिएपछि कारागारलाई बिशेष निगरानिमा राखिएको छ । कारागार को भवन जिणर् रहेकोले पनि कैदीलाई समस्या भएको छ ।
बाजुराको सदरमुकाम मार्तडीमा मात्र ४८ जना भन्दा संक्रमित रहेका छन् । बाजुरामा सोमबार ३ बजे सम्म संक्रमितको सख्या ६७ पुगेको छ । सोमबार मात्र थप १४ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन । अस्पताल बाजुराको आइसोलेसनमा ४ जना अहिले उपचार गराईरहेका छन् । बाँकि संक्रमित भने सामान्य रहेको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार