बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बडिमालिका
  • मार्तडीमा फैलियो कोरोना ३८ जना संक्रमित, ब्यबस्थापन फितलो

मार्तडीमा फैलियो कोरोना ३८ जना संक्रमित, ब्यबस्थापन फितलो

  • आइतवार, बैशाख १९, २०७८
मार्तडीमा फैलियो कोरोना ३८ जना संक्रमित, ब्यबस्थापन फितलो

बाजुरा — बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा दिन प्रतिदिन कोरोना फैली रहेको छ । केही दिन यता मात्र ३८ जना कोरोना संक्रमित देखा परेको छन् । संक्रति दिन प्रतिदिन बढी रहदा पनि ब्यबस्थापनमा भने निकै फितलो देखीएको छ ।
जिल्ला बाहिर ठेगाना भएका तर सदमुकाममै बसोबास गरिरहेका ३८ जनामा कोरोना संक्रमण देखा परेको छ । जिल्ला अस्पताल बाजुराले पाच दिन यता ८५ जना जनाको एन्टिजेन बिधिबाट परिक्षण गर्दा ३८ जनामा कोरोना संक्रमीत देखीएका छन ।
सदरमुकाम मै यसरी रोकोनाको संक्रमणदर बढ्दो भए पनि जिल्ला प्रशासा कार्यालय तथा सम्बन्धित निकाए मौन जस्तै देखीएका छन् ।
बजार क्षेत्रमा भिडभाड अत्याधिक देखीन्छ बिना मास्क नागरिकहरु बजार घुमिरहेका छन । बजारमा कोरोना संक्रमण पोजेटिभ देखाएका जस्तै लक्षण भएका बिरामीहरु खुल्याम बजारमा प्रत्यक्ष देखीरहेका स्थानियले बताएका छन ।
जिल्ला अस्पताल बाजुरामा आईतबार एन्टिजेन बिधिबाट परिक्षण गर्दा १५ जनामा पोजेटिभ देखाएको जिल्ला अस्पताल कोरोना फोकल प्रसन चुडामणी पन्तले जानकारी दिएका छन् । यो दर हेर्दा मार्तडीमा संक्रमणले भयावहरुप लिन सक्ने पन्तले बताए ।
जिल्ला प्रशासन कार्यालय बाजुरा सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीका अनुसार संक्रमण दिनानु दिन बढ्दै गएको छ । कोरोना ब्यबस्थापन तथा रोकथामको लागि प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी उत्तरी क्षेत्रका स्थानिय तहहरुको अनुगमनमा जानु भएको छ । उहा फर्कीसकेपछि जिल्ला स्तरिय संकट ब्यबस्थापन केन्द्रको बैठक बसेर आबस्य निणर्य गर्ने बताए ।

चर्चामा

सम्बन्धित समाचार