मङ्लबार, अशोज १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • सांसद लालबहादुर थापाको पहलमा पिसिआर मेशीन आउदै

सांसद लालबहादुर थापाको पहलमा पिसिआर मेशीन आउदै

  • आइतवार, बैशाख १९, २०७८
सांसद लालबहादुर थापाको पहलमा पिसिआर मेशीन आउदै

बाजुरा — बाजुरा जिल्लाका लागि सांसद लाल बहादुर थापाको पहलमा पिसिआर मेशीन आउने भएको छ । सुदुर पश्चिमको बिकट जिल्लामा सांसद थापाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग समन्वय गरि जिल्लाका लागि एक थान रियल टाईम पिसिआर मेशीन उपलब्ध गराएको सांसद थापाले बताएका छन ।
त्यसै गरि ३ सय थान एन्टिजेन किट, १ हजार ५ मास्क, सेनिटाइजर ५० थान र आइ आर थर्मोमिटर ५ थान सांसद थापाको पहलमा उपलब्ध भएको छ केही दिनमै बाजुरा पठाउने तयारी भएको सांसद थापाले बताएका छन । कोरोना महामारीको दोस्रो लहर डरलाग्दो तरीकाले संक्रमण फैलिन लागेको र त्यसको प्रत्येक्ष प्रभाबमा बाजुरा पनि परेले बाजुरामा पीसिआर मेसिन नहुदा कोरोना संक्रमितहरुका स्वाबहरु जिल्ला बाहिर लिएर परिक्षण गर्नु पर्ने बाध्यता रहेको थियो । पीसिआर मेसिन जडान भएपछि कोरोना परिक्षण जिल्ला बाटै हुने भएपछि स्थानिय खुशी भएका छन् ।
पीसिआर मेसिन जिल्लामै जडान हुनु खुशीको कुरा हो, यो महामारीको समयमा अन्य काम भन्दा बाजुराली नागरिकको स्वास्थ्यलाई मध्यनजर गरेर स्वास्थ्य सामग्री उपलब्ध गराउन पहल गरेकोमा बाजुराली नागरिकले धन्यबाद दिएका छन् । पीसिआर मेसिन सहितका अन्य स्वास्थ्य सामग्रीहरु बुझिसकेको छु जडान पछिको स्वास्थ्यकर्मी ब्यबस्थापनको पहलको लागि ब्यबस्थापनमा जुटेको साँसद थापाले बताए ।
जिल्लामा पीसि आर मेसिन नहुुदा बाजुरा जिल्लामा एन्टिजेन बिधिबार परिक्षण गरिएका कोरोना पोजेटिभहरुको पीसिआर बिधिबाट परिक्षण गनै पाएका छैन । एन्टिजेन किट बिधिबाट परिक्षण गर्दा ५ दिनमा ५३ जना पुुगेका छन् । ती कसैको पनि पीसिआर परिक्षण गरिएको छैन ।

चर्चामा

सम्बन्धित समाचार