शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • गरिब, दुःखी अनि असहायका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै छन् यी संस्था र व्यक्तिहरु

गरिब, दुःखी अनि असहायका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै छन् यी संस्था र व्यक्तिहरु

  • आइतवार, बैशाख १९, २०७८
गरिब, दुःखी अनि असहायका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउँदै छन् यी संस्था र व्यक्तिहरु

कोभिड–१९ महामारीको यो विषम परिस्थितीमा विभिन्न संस्था र व्यक्तिहरु मिलेर गरिब, दुःखी अनि असहायका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएका छन् । विश्वभरी फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड–१९ को महामारी नेपालमा समेत फैलिएको र काठमाडौँ उपत्यकामा समेत संक्रमण तिब्र रुपमा बढेर विरामीहरुलाई असहज भएको अवस्थामा यस्तो सेवा दिन लागिएको हो ।

जसमा ओम समाज डेन्टल हस्पिटल, बिराज समाज, क्याप्टेन विजय लामा, पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल, कर्णबहादुर शाही, अधिवक्ता संजय राज अधिकारी, पर्यटन व्यवसायी रामहरि शर्मा, ज्ञानेन्द्र शाही, बरिष्ठ कलाकार निखिल उप्रेती, केदार घिमिरे, देवेन्द्र प्रधान लगायतको सहयोगमा निःशुल्क आकस्मिक स्वास्थ सेवा तथा एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको हो ।

यस कार्यमा गरिब, दुःखी असहाय वा एम्बुलेन्स सुबिधा लिन अफ्ठ्यारोमा परेका व्यक्तिको लागि सेवाको भावले पूर्ण सहयोग गरि सम्भव भएसम्म हस्पिटल पुर्याउने बताइयो। आवस्यकता अनुसार निःशुल्क आकस्मिक स्वास्थ सेवा सहितको एम्बुलेन्स सेवा दिने समूहले बताएको छ । बिरामीले आफुले चाहेको अस्पताल आफै छान्न सक्ने छन । अत्यावश्यक अबस्थामा ब्यबस्थापन गर्न पहल कदमी चाल्ने बताइएको छ ।

पत्रकार सम्मेलनको आयोजना गर्दै डा.सुभाष घिमिरेले भौतिक दुरी कायम गर्दै मास्क लगाउन र स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरे । अन्य व्यक्तित्वहरुले पनि नआत्तिन मनोबल कमजोर पार्ने खालका सामग्री सामाजिक संजालमा सेयर नगर्न आग्रह गरे।

यस अभियानमा सहयोग गर्न तत्काललाई इन्द्र अन्नपूर्ण लायन्स , बिराज समाज, क्याप्टेन विजय लामा, पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल ,कर्णबहादुर शाही , डा. सुभाष घिमिरे, अधिवक्ता संजय राज अधिकारी , पर्यटन व्यवसायी रामहरि शर्मा, ज्ञानेन्द्र शाही, वरिष्ठ कलाकार निखिल उप्रेती, केदार घिमिरे, तथा देवेन्द्र प्रधानले जनही १५ हजार उपलब्ध गराए ।

स्वास्थ्यकर्मी जिता बराल, मुना साधना विश्वकर्मा, निर्मल कार्की तथा चालक तेन्जिङ तामाङको टिमले बिरामीलाई एम्बुलेन्समार्फत अस्पतालसम्म पुर्याउन आकस्मिक स्वास्थ सेवा तथा एम्बुलेन्स सेवामा कार्य गर्ने बताइएको छ । यसका लागि सम्पर्क नम्बरहरु ९८५१२७७३४२, ९८५१२३९३४२ र ९८५१३१२४१७ तोकिएको छ ।

चर्चामा

सम्बन्धित समाचार