नेकपा एमालेले आकस्मिक रूपमा बोलाएको स्थायी कमिटी बैठक सकिएको छ । १२ बजेलाई बोलाइएको बैठक ढिला गरेर केही बेर मात्रै बसेर सकिएको हो । बैठक सकिएलगत्तै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका छन् । बैठकका निर्णय भने सार्वजनिक गरिएको छैन ।