शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सुदूरपश्चिममा कोरोनाका कारण ८ दिनमा ४३ जनाको ज्यान गयो

सुदूरपश्चिममा कोरोनाका कारण ८ दिनमा ४३ जनाको ज्यान गयो

  • आइतवार, बैशाख १९, २०७८
सुदूरपश्चिममा कोरोनाका कारण ८ दिनमा ४३ जनाको ज्यान गयो

धनगढी– सुदूरपश्चिममा कोरोना भाइरसका कारण ८ दिनमा ४३ जनाको ज्यान गएको छ। गत शनिबारदेखि यो शनिबारसम्म ४३ जनाले ज्यान गुमाएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ।

ज्यान गुमाउनेमा सबैभन्दा बढी कैलाली र कञ्चनपुरका रहेका छन्। निर्देशनालयका अनुसार कैलाली र कञ्चनपुरमा ८ दिनको अवधिमा १८/१८ जनाको ज्यान गएको छ। डडेल्धुरा र अछामका २/२ जनाको ज्यान गएको छ भने बैतडी, बझाङ र दार्चुलाका १/१ जना संक्रमितले ज्यान गुमाएका छन्।

हालसम्म प्रदेशभर कोरोना संक्रमणबाट ८४ जनाको ज्यान गइसकेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। ज्यान गएका धेरैजसोमा कडा खालको निमोनिया रहेको पाइएको छ।

चर्चामा

सम्बन्धित समाचार