शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • बाजुराको हिमाली गाउँपालिकामा निषेधाज्ञा जारी

बाजुराको हिमाली गाउँपालिकामा निषेधाज्ञा जारी

  • शनिबार, बैशाख १८, २०७८
बाजुराको हिमाली गाउँपालिकामा निषेधाज्ञा जारी

बाजुरा–बाजुराको हिमाली गाउँपालिकामा निषेधाज्ञा जारि हुने भएको छ । शनिवार बसेको जिल्ला स्तरीय कोभिड संकट ब्यबस्थापन केन्द्रको बैठकले जिल्ला प्रशासन कार्यलय बाजुरालाई निषेधाज्ञा गर्नका लागि सिफारिस गरेको छ ।

बैशाख १९ गते बिहान ५ बजेदेखी बैशाख मसान्त सम्म लागु हुने गरि निषेधाज्ञा जारि गरेको छ । गाउँपालिका १३ जनालाई संक्रमण देखिएपछि निषेधाज्ञा जारि गर्ने निणर्य गरेको साहयक प्रमुख जिल्ला अधिकारी तथा सुचना अधिकारी समिर भण्डारीले वताएका छन् । गाउँपालिकामा अत्याआवश्यक बाहेक सम्पुणर् यातायातका सेवा व्यक्तिगत आवागमनमा रोक लगाउने गरि निषेधाज्ञा जारि भएको छ । हिमाली गाउँपालिका जिल्लाको दुुर्गम र हुम्ला र मुुगु सँग जोडिएको गाउँपालिका हो ।

प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले जिल्लामा जाँचको डायर बढाउनका लागि एन्टिेजन किटको पहलका लागि प्रदेश र संघ सरकार सँग पहल भइरहेको उनले वताएका छन् । बजारमा अत्यावश्यक बस्तुको अभाब हुन नदिन, कालोवजारी कृत्रिम अभाब हुन नदिनका लागि सम्बन्धि सरोकारवालाको सहभागितामा बजार अनुुगमन गर्ने भएको छ । सेवाग्राहिको भिडभाड हुने कार्यलयमा भिडभाड नहुने गरि सेवाप्रवाह गर्न आग्रह गरेको छ । बाजुरामा ३८ जना कोरोना संक्रमित देखा परेका छन् ।

चर्चामा

सम्बन्धित समाचार