शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • अन्तरराष्ट्रीय श्रमिक दिवश बारे

अन्तरराष्ट्रीय श्रमिक दिवश बारे

  • शुक्रबार, बैशाख १७, २०७८
अन्तरराष्ट्रीय श्रमिक दिवश बारे

सुरेशकुमार पान्डे– संसार भरिमा आजको दिन यानिकी एक मई लाई अन्तरराष्ट्रीय श्रमिक दिवशको रुपमा मनाउँछन।मनाउँदै आएकाछन यसपाली पनि पोहरको बर्ष जस्तै कोरोनाको कारणले ब्यापक रुपमा जनताहरु सहभागि गराएर कार्याक्रम हुँन सक्ने अबस्थाछैन।तरपनि हामिले खास गरेर मज्दुर किसान लगायत श्रमजीवी बर्गहरुले यो दिनलाई याद गर्ने र यसबाट नैतिक पाठ सिक्ने गर्दछौँ र गर्नु पनि पर्दछ।
मज्दुरहरु सँग पाउँनको लागि सारा संसारछ र गुमाउँनको लागि मात्र हत्थकडी र नेल हो!अँझ मज्दुरले शंघर्श गरेपछि जीतमा यो सारा संसार पाउँछन हारेपछि बढीमा यो जीन्दगी जान्छ।जीन्दगि त पक्कै पनि हामि लड्दै नलडेपनि जानेहो।जो जन्मियो त्यो एकदिन मर्छ यसमा कसैको दुई मत छैन।जति दिन बाचौ कम्तिमा मानिस सरह बाँचौँ।त्यही आफुलाई आम मानिश सरह बाँच्न पाउँनु पर्छ भन्ने सपना देख्नेहरुले नै सयौ बर्ष देखि शंघर्ष गर्दै आजको यो अबस्था सम्म यो समाजलाई डोराएर ल्याएकाछन।पहिले मज्दुरका छोरा छोरीले आफ्नो बाबा कुनहो भनेर चिन्न सक्दैनथे किन भने उनिहरु घाम नझुल्किदै काम मा जान्थे अनि काम डुबेपछि घर फर्किन्थे।कसै कसैले अट्ठार देखि बिश घन्टा सम्म काम गर्ने गर्थे।त्यो बेला सम्म बाल बच्चाहरु सुति सक्थे र उनिहरु न उठ्दै काममा जान्थे।त्यसकारणले मज्दुरहरुका बाच्चाले आफ्ना बाउलाई चिन्न पनि गारो हुन्थ्यो।
जति बेला पुँजिवादी बिकाश हुँन थाल्यो त्यो बेला देखि मज्दुरहरुको जनम पनि भयो।कल कारखान सुरु भयपछि मज्दुरहरुको पनि पुँजि पतिहरु द्वारा अतिरिक्त पुँजिका लागि श्रमिकहरुको सोशण दमन सुरु भयो।त्यो बेला अमेरिका को धर्तीमा मज्दुरहरुको बिस्तारै आन्दोलनपनि सुरु हुँन थाल्यो।जँहा अन्याय हुन्छ त्यँहा बिद्रोह र प्रतिकार पनि हुन्छ भनेको जस्तै।पुँजिपतिहरुको अत्याचार बढ्दैजाँदा मज्दुरहरुको एकता पनि सुरुहुन थाल्यो र बिस्तारै एकता बद्ध आन्दोलनहरु सुरुभए।
सन १८८४मा शिकागो सहरमा मज्दुरहरुले राष्ट्रीय सम्मेलन गरेर आठ घन्टा कार्यादिवशको माग गरे उनिहरुले त्यो भन्दा पहिले दश घन्टाको कार्या दिबसको माग पुरा गरि सकेका थिए।सन१८७७मै उनिहरुले कामको समय निश्चित गर्नको लागि आन्दोलन सुरु गरे।
जब दश घन्टाको कार्या दिवश सुरू भयो त्यसपछि अष्ट्रेलियका मज्दुरहरुले आठ घन्टा काम आठ घन्टा आराम र आठ घन्टा मनोरञ्जनको माग गर्दै आन्दोलन शुरु गरे।सन१८८६मा शिकागो सहरमा आठ घन्टाको कार्या दिवशको मागलाई लिएर शान्तिपुर्वक आन्दोलन गरेका पर्दर्शन कारिहरुको बिचमा त्यँहाको प्रतिकृयावादी सरकारले अन्धाधुन्द गोलि चलायो जस्मा कयौँ निर्दोश आन्दोलनकारीहरु मारिए र सयौँ जना घाईतेपनि भए।त्यसैको बिरुद्धमा चार मई आक्रोशित मज्दुरहरुले आफ्नो रोश पर्दर्शन गर्दै थिए त्यो भिड बाट कसैले बम फ्याँक्दा चार जना प्रहरि सहित सात जना मारिएका थिए।यसरी लगातार मज्दुरहरु लाई बद्नाम गर्ने अन्याय र उनिहरु माथि बर्बर दमन गर्ने कामहरु भयो।
सन१८८९पेरिसमा अन्तरराष्ट्रीय महासभाको द्वितिय बैठकमा एक मेई लाई अन्तरराष्ट्रीय श्रमिक दिवशको रुपमा मनाउँने निर्णय गरियो।यसरी सन १९९०देखुन लगातार आजको दिनलाई संसारभरीका मुक्तिक्रमीहरु श्रमजीवी बर्गहरुले एक मई लाई अन्तरराष्ट्रीय दिवशको रुपमामनाउँदै आएकाछन।

यसरी सन१९९०देखि आधिकारीक रुपमा यो अन्तरराषष्ट्रीय श्रमिक दिवसलाई प्ररेणाको रुपमा मनाउँदै आएकाछन।तर कयौँ ठाउँहरुमा त्यो भन्दा पहिले पनि यो दिनलाई मनाएको भन्निन्छ।छिमेकी मुलुक भारतमा भने सन १९२३मा (हाल चैनैई )मन्द्राश बाट सुरुगरिएको ईतिहाश भेट्टिन्छ।”भारतिय किसान मज्दुर पार्टी”का क.सिगारा वेल चेट्यारले सुरु गरेका थिए भनेर भन्निन्छ। नेपालको ईतिहाशमा भने बि.स२००७सालको बिराट नगर मज्दुर आन्दोलन सँगै सुरु भयको भएको थियो।तर यसको आधिकारीक मिति भने भेटिएको छैन।२०४६सालको ऐतिहाशिक जन आन्दोलन पछि भने मज्दुर दिवशको दिन आधिकारीक रुपमा सार्वजनिक बिदा गरिन्छ।मज्दुरहरुको हक हित र शुरक्षाको लागि अहिले पनि कुनै सरकारले प्रयास गर्दैन।बरु आफ्नो स्वार्थका लागि मज्दुरहरुलाई उपयोग गरेका हुन्छन।

त्यो मज्दुरको रगतले रंगिएको रातो झण्डालाई आफ्नो माईखाने भाँडो बनाउँदै आएकाछन।नेपालमा पनि २००६सालको कम्युनिष्ट पार्टीको गठन श्रमजीवीको हक हितको रक्षाको लागि देश भित्र नया जनवादी क्रान्तिका लागि भनेर मज्दुर किसानहरुलाई शंघर्शमा प्रेरित गरियो तर पनि मज्दुरका बिचबाटै गएका अवसरबादीहरुले मज्दुरको बिरुद्धामा उनिहरुको लाशलाई लिश्नो बनाएर रगतमा पौडि खेल्दै आफु सिखरमा पुग्ने काम हुँदै आएको ईतिहाश छ। जब सम्म वास्तबिक मज्दुरहरुले आन्दोलनको नेतृत्व गर्न सक्दैनन् तब सम्म किसान मज्दुर हरुलाई निम्न पुँजीवादी अवसरबादीहरुले उपयोग गर्दै जानेछन।आज हाम्रो देशमा आमूल परिवर्तनको मागछ तर नेतित्वकारी शक्ति अबसरवादी क्यारिरीष्ट प्रकारकाछन।उनिहरुले कहिले उग्रवाम्पन्थि कोण बाट कैले ढुलमुल अवहरबादी धारबाट अति रञ्जित नाराहरु लगाएर आम श्रमजिविबर्गलाई उपयोग गर्दै आएकोछ।

आज संसार भरीमा कोरोना महामारि फैलिएको बेला मज्दुर आन्दोलन ब्यापक रुपमा कार्याक्रमको आयोजना गरेर मनाउँन नसकेपनि यस्तै लेख रचना ओनलाईन कार्याक्रमहरु बाट भयपनि मज्दुर दिवशको ऐतिहाशिक महत्वबारे बुझ्ने र बुझाउँने र श्रमजीवीहरु लाई बर्ग शंघर्ष को लागि प्रेरित गर्नु पर्दछ। अन्तमा एकसौ एकत्तिसवौँ अन्तरराष्ट्रीय श्रमिक दिवशको अवसरमा सम्पुर्ण मुक्तिकर्मि किसान मज्दुर सबैमा हार्दिक आभिवादन।

चर्चामा

सम्बन्धित समाचार